+
+

टाइगर कपमा महिलातर्फ एपीएफ फाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ४ गते ११:४३

४ माघ, पोखरा । पोखरामा जारी चौथो टाइगर कप भलिबल प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन एपीएफ क्लबले अर्को विभागीय टिम आर्मीलाई हराउँदै फाइनल प्रवेश गरेको छ ।

बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा एपीएफले आर्मीलाई ३–२ को सेटमा हराउँदै उपाधि नजिक पुगेको हो ।

खेलमा पहिलो २ सेट भने आर्मीले अग्रता लिएको थियो । तर, पछिल्ला ३ सेट लगातार गुमाउँदै आर्मी सेमिफाइलनबाट बाहिरिन पुगेको हो ।

त्रिभुवन आर्मीले पहिलो सेट २५–१९ र दोस्रो सेट २५–२० ले आफ्नो पक्षमा पारेको थियो । तेस्रो सेटबाट लगातार २५–१२, २५–१६ र १५–१३ ले पछि पर्दै पराजित बन्न पुग्यो ।

महिलातर्फ समूह ‘ए’ बाट समूह विजेता बन्दै एपीएफ सेमिफाइनल प्रवेश गरेको थियो भने समूह ‘बी’तर्फ उपविजेता बन्दै आर्मी सेमिफाइनल पुगेको थियो ।

प्रतियोगितामा महिलातर्फ एक विदेशी टिमसहित ६ टोली सहभागी थिए । त्यसमध्ये आमन्त्रित टोली हरियाणा क्लब र घरेलु टोली गण्डकी प्रदेश समूह चरणबाटै बाहिरिइसकेका छन् ।

हरियाणा क्लबलाई भारतको राष्ट्रिय महिला भलिबल टिम कप्तान मिनिमोल अब्राहम र गण्डकी टोलीको नेतृत्व राष्ट्रिय भलिबल टिम कप्तान अरुणा शाहीले सम्हालेकी थिइन् ।

प्रतियोगितामा महिला तथा पुरुष दुवैतर्फ उपाधि विजेताले ५ लाख ५५ हजार ५५५ र उपविजेताले २ लाख ५५ हजार ५५५ रुपैयाँ प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?