+
+

टाइगर कप महिलातर्फको उपाधिमा एपीएफको ह्याट्रिक

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ६ गते १३:५३

६ माघ, पोखरा । पोखरामा जारी चौथो टाइगर कप भलिबल प्रतियोगिता महिलातर्फको उपाधि विभागीय टोली एपीएफले जितेको छ । योसँगै एपीएफले टाइगर कपको उपाधि लगातार तेस्रो पटक जित्दै ह्याट्रिक गरेको हो ।

शनिबार भएको फाइनलमा चन्द्रागिरि नगरपालिकाको न्यु डायमण्डलाई ३-० को सोझो सेटमा हराउँदै तेस्रोपटक उपाधि चुमेको हो । उपाधिसँगै न्यु डायमन्डले पाँच लाख ५५ हजार ५५५ रुपैयाँ हात पारेको छ ।

फाइनलमा सबै सेटमा एपीएफ न्यु डायमन्डमाथि हाबी देखिएको थियो । एपीएफले पहिलो सेट २५-२०, दोस्रो सेटमा २५-१८ र तेस्रो सेट २५-२१ ले आफ्नो पोल्टामा पार्न सफल रह्यो । यसअघि एपीएफले दोस्रो र तेस्रो टाइगर कपको उपाधि जितेको थियो ।

उपविजेता बनेको चन्द्रागिरि नगरपालिकाको न्यु डायमन्डले २ लाख ५५ हजार ५५५ रुपैयाँ हात पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?