+
+

टाइगर कप भलिबल : खेल जितेर पनि बाहिरियो आर्मी

पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ४ गते १९:४०

४ माघ, पोखरा । पोखरामा जारी चौथो टाइगर कप भलिबल प्रतियोगितामा गण्डकी प्रदेश सेमिफाइनल प्रवेश गरेको छ । विभागीय टोली नेपाल आर्मीसँग ३–२ ले पराजित भए पनि अन्तिम चारमा स्थान पक्का गरेको हो ।

प्रकाश अभावका कारण रोकिएको लिग अन्तर्गतको उद्घाटन खेल बिहीबार भएको थियो । खेलमा पहिलो सेटमा २५–२० ले नेपाल आर्मीले जित निकाल्दै घरेलु टोली गण्डकीलाई दबाबमा राख्ने प्रयास गरेको थियो ।

तर, दोस्रो सेटदेखि भने गण्डकीले पुनरागमन गरेको थियो । दोस्रो र तेस्रो सेट गण्डकीले २०–२५ र १७–२५ ले जित निकाल्यो । तर, चौथो र पाँचौ सेट २५–२१ र १५–६ ले जित्दै आर्मीले खेल आफ्नो पोल्टामा पार्‍यो ।

तर, गण्डकी प्रदेशलाई पराजित गरे पनि आर्मी अंक तालिका आधारमा समूह चरणबाटै बाहिरिएको छ । लिगको पहिलो खेलमा नेपाल स्पोर्टस् क्लबलाई गण्डकीले ३–२ को सेटमा हराएको थियो भने आर्मी हेल्प नेपालसँग ३–० को सोझो सेटमा पराजित भएको थियो ।

लिग चरणको अन्तिम खेल सकिएसँगै पुरुषतर्फको पनि सेमिफाइनल समीकरण पूरा भएको छ । पुरुषतर्फ सेमिफाइनलमा गण्डकी, एपीएफ, हेल्प नेपाल र श्रीलंका आर्मी क्लब पुगेका छन् ।

समूह ‘ए’ समूह उपविजेता बनेको गण्डकी प्रदेशले समूह ‘बी’ विजेता एपीएफसँग सेमिफाइनलमा सामना गर्नेछ । समूह ‘ए’ विजेता टिम हेल्प नेपालले समूह ‘बी उपविजेता सेमिफाइनलमा आमन्त्रित टिम श्रीलंकाको आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

महिलातर्फ भने बिहीबार सेमिफाइनलअन्तर्गतका सबै खेल सकिएका छन् । माघ ६ गते हुने उपाधिका लागि डिफेन्डिङ च्याम्पियन एपीएफ र चन्द्रागिरि नगरपालिकाको न्यू डायमन्ड भिड्ने भएका छन् ।
प्रतियोगिता विजेता महिला पुरुष दुवै टिमले समान ५ लाख ५५ हजार ५५५ र उपविजेताले २ लाख ५५ हजार ५५५ रुपैयाँ प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?