+
+

प्रधानमन्त्री कप क्रिकेटमा पुलिसको लगातार दोस्रो जित

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २ गते १४:५५

२ माघ, काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा नेपाल पुलिस क्लबले लगातार दोस्रो जित हात पारेको छ ।

त्यसक्रममा आज मंगलबार पुलिसले कोशी प्रदेशलाई ७ विकेटको फराकिलो अन्तरले हरायो । यो कोशीको लगातार तेस्रो हार हो ।

जितका लागि पाएको १६७ रनको लक्ष्य पुलिसले २३.१ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । पुलिसलाई जिताउन अर्जुन साउदले ६२ रन र दीपेन्द्र सिंह ऐरीले २८ रन बनाए ।

चौथो विकेटका लागि नट आउट ७३ रनको साझोदारी गरेका उनीहरु दुवै नट आउट रहे ।

त्रिवि क्रिकेट मैदानमा यसअघि पहिला ब्याटिङ गरेको कोशीले सुजन थपलियाको शतक मद्दतमा १६६ रन बनाएको थियो ।

७ रन हुँदा २ विकेट गुमाएको स्थितिमा चौथो नम्बरमा ब्याटिङमा आएका उनले एक छेउबाट कोशीको इनिङ सम्हाल्दै १०५ रन बनाएका थिए ।

उनले आठौं विकेटका लागि अभ्यास तिम्सिनासँग ९९ रनको साझेदारी गरे । अभ्यासले २३ रन बनाए ।

पुलिसका लागि करण केसीले सर्वाधिक ३ विकेट लिए । ललित राजवंशी र सुनिल धमलाले समान २/२ विकेट लिए । रसिद खान, सागर ढकाल र कुशल भुर्तेलले १/१ विकेट लिए ।

पुलिसले यसअघि बागमती प्रदेशमाथि ६८ रनको जित हात पारेको थियो । यसअघि कोशी मधेश प्रदेशसँग ७ विकेट र एपीएफसँग ६ विकेटले पराजित भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?