+
+

पोखरामा सम्पन्न भयो ‘कन्दरा’ को सांगीतिक कार्यक्रम, टिकेटिङ पार्टनर ‘आईएमई पे’  

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २ गते १७:५२

काठमाडौं । पोखराको प्रदर्शनी केन्द्रमा ‘कन्दरा’ ब्यान्डको सांगीतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । सांगीतिक कार्यक्रमको टिकेटिङ पार्टनर भने आईएमई पे रहेको थियो । जसले कार्यक्रमलाई भव्य रूपमा सम्पन्न गर्न सहयोग गरेको छ ।

आन्तरिक पर्यटनको सन्देश ‘पहिला घरदेश, अनि परदेश’ को नारा लिएर ‘कन्दरा’ ब्यान्डले पोखरामा कार्यक्रम आयोजना गरेको हो । आफ्नो सांगीतिक टुरको पहिलो कार्यक्रम पोखरामा २७ पुसमा यो वर्षकै सबैभन्दा ठूलो सांगीतिक कार्यक्रम भएको ब्यान्डले जनाएको छ ।

“पहिला घरदेश, अनि परदेश”को नारा र कन्दरा ब्यान्डका यी सम्पूर्ण कार्यक्रमको व्यवस्थापन गरिरहेको कम्पनी एल्फा स्क्वायर (एएसक्यू) का अनुसार पोखरा प्रदर्शनी केन्द्रमा आयोजित कार्यक्रममा १० हजारभन्दा बढी दर्शकहरूको उपस्थिति रहेको थियो ।

सबै क्षेत्रका संगीत प्रेमीहरूलाई एकसाथ ल्याउन सांगीतिक कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको आईएमई पेका प्रमुख कार्यकारी अधिकृत  प्रविण रेग्मीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?