+
+

जिल्ला खटिने नेतालाई कांग्रेसले अभिमुखीकरण गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ३ गते ११:११

३ माघ, काठमाडौं । नेपाली कांग्रेसले जिल्ला खटिने नेताहरुलाई अभिमुखीकरण गर्ने भएको छ । माघ ७ देखि २२ गतेसम्म हुने ‘समुदायमा कांग्रेस’ अभियानमा जाने केन्द्रीय नेताहरुलाई अभिमुखीकरण गर्न लागेको हो ।

७७ जिल्लामा केन्द्रीय नेताहरु खटाएर कांग्रेसले ‘समुदायमा कांग्रेस’ अभियान देशभर गर्दैछ । जिल्ला जाने नेताहरुले आन्तरिक संगठन र समुदायमा पुगेर पार्टीको अभियान चलाउने छन् । पार्टीभित्रको संगठन सुदृढीकरण साथै नागरिक तहमा पुगेर उनीहरुको आवाज सुन्ने गरी कांग्रेसले अभियान घोषणा गरेको छ । जिल्ला जाने नेताहरुले पार्टीमा देखिएको तल्लो तहको समस्या समाधान गर्ने, नागरिकसँग अन्तक्रिया गर्ने, नागरिकका समस्या सुन्ने लगायतका जिम्मेवारी पार्टीले दिने भएको छ ।

प्रतिनिधि खटिने नेताहरुले जिल्लामा गएर गर्नुपर्ने भूमिकाका विषयमा दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले प्रतिनिधिहरुलाई प्रशिक्षित गर्ने छन् । अभिमुखीकरण कार्यक्रम केन्द्रीय कार्यालय सानेपामा बुधबार दिउँसोका लागि राखिएको छ ।

साउनमा बसेको केन्द्रीय समितिले गरेको निर्णय अनुसार दोस्रो चरणको अभियान गर्न लागिएको हो । पार्टीले दोस्रो चरणको अभियानमा ‘समुदायमा कांग्रेस’ निर्धारण गरेको थियो । एक महिनाका लागि पूर्व घोषित अभियानको अवधि घटाएर १५ दिन बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?