+
+

सहकारीसम्बन्धी समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ३ गते १३:४६

३ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारीसम्बन्धी समस्या तत्काल समाधान गर्न निर्देशन दिएका छन् ।

बालुवाटारमा बुधबार भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले सम्बन्धित मन्त्रालयसहितका निकायलाई उक्त निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले सहकारीलाई समाजवादको भ्रुण खडा गर्ने, सामूहिकता र तल्लो वर्गको हितमा केन्द्रित गर्नेगरी ऐनमा नै व्यवस्था हुनुपर्ने बताए ।

सहकारी समस्या समाधानको दीर्घकालीन र तत्कालीन उपाय अपनाएर सहकारीहरुलाई व्यवस्थित बनाउनुपर्ने उनले बताए ।

प्रधानमन्त्री प्रचण्डले सहकारीको समस्या समाधानका सम्बन्धमा तत्कालीन र दीर्घकालीन ढंगले आवश्यक गृहकार्य गर्न भूमि व्यवस्था सहकरी तथा गरिबी निवारण मन्त्रालय र अन्य सरोकारवाला निकायलाई निर्देशन दिए ।

सहकारीको अनुगमनका लागि प्रभावकारी नियामक निकाय बनाउनुपर्ने विषयमा आफ्नो ध्यान गएको उनले बताए ।

‘सहकारीसम्बन्धी हाल कार्यरत नियामक संस्थाहरुले राम्रो, संकटमा रहेका र डुबेका सहकारीहरुको वर्गीकरण गरी प्रतिवेदन पेश गर्नुस्,’ उनले निर्देशन दिंदै भने ।

उनले सहकारीमा बचतकर्ताले राखेको रकमको सुरक्षामा ध्यान दिन आग्रह गर्दै यसमा तिन वटै तहका सरकारको समन्वयमा प्रभावकारी कदम चाल्नुपर्ने औल्याए ।

सहकारीसम्बन्धी छलफलमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठ, नेपाल सरकारका मुख्य सचिव बैकुण्ठ अर्यालसहित सम्वन्धित मन्त्रालय, विभाग र निकायका अधिकारीहरू उपस्थित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?