+
+

६ महिनामा काठमाडौं महानगरले उठायो करिब ५ अर्ब राजस्व

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ३ गते १८:३५

३ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्ष (आव) २०८०/८१ को पुस मसान्तसम्म झण्डै ५ अर्ब राजस्व संकलन गरेको छ ।

महानगरपालिकाले पुस मसान्तसम्म ४ अर्ब ९१ करोड ४३ लाख रुपैयाँबराबर राजस्व संकलन गरेको हो । महानगरपालिकाले चालु आर्थिक वर्ष अघिल्लो आवको ६ महिनाको तुलनामा ७.७ प्रतिशत बढीले राजस्व उठाएको हो ।

अघिल्लो आव पुस मसान्तसम्म महानगरले ४ अर्ब ५६ करोड २९ लाख बराबर राजस्व संकलन गरेको थियो । जुन चालु आवको भन्दा ३५ करोड १४ लाखले कम हो ।

महानगरले आन्तरिक राजस्वतर्फ गत वर्ष ६ महिनाभन्दा चालु आव ६ महिनामा १८ करोड ७९ लाख रुपैयाँ बढी राजस्व संकलन गरेको छ । गत आव ६ महिनामा २ अर्ब ८४ करोड आन्तरिक राजस्व संकलन गरेकोमा चालु आव पुस मसान्तमा ३ अर्ब २ करोड राजस्व संकलन गरेको हो । जुन गत आवभन्दा ६.६२ प्रतिशतले धेरै हो ।

बाँडफाँटबाट हुने राजस्व घट्यो

काठमाडौं महानगरपालिकाले बाँडफाँटबाट प्राप्त गर्ने राजस्व अघिल्लो आवको तुलनामा यो वर्ष कम प्राप्त गरेको छ । महानगरले बाँडफाँटबाट यो वर्ष ६ महिनामा ५८ करोड ६४ लाख रुपैयाँ मात्रै पाएको छ । जबकि, गत आव पुस मसान्तसम्म ६१ करोड ६५ लाख पाएको थियो । जुन रकम ३ करोड ३१ लाख अर्थात् ५.३५ प्रतिशतले कम हो ।

महानगरले राखेको राजस्व स्रोतअन्तर्गत आन्तरिक अनुदान भने गत वर्षको तुलनामा यो वर्ष ६ महिनामा १७.८४ प्रतिशतले धेरै पाएको छ । गत आव ६ महिनामा १ अर्ब १० करोड २३ लाख आन्तरिक अनुदान रहेको महानगरको चालु आवमा १ अर्ब २९ करोड ९० लाख रहेको छ । यो १९ करोड ६२ लाखले धेरै हो ।

कुन शीर्षकमा कति उठायो राजस्व ?

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?