+

लुम्बिनीलाई हराउँदै कर्णालीको दोस्रो जित

२०८० माघ  ३ गते १९:४५ २०८० माघ ३ गते १९:४५
लुम्बिनीलाई हराउँदै कर्णालीको दोस्रो जित

३ माघ, भैरहवा । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशलाई ६० रनले हराउँदै कर्णालीले प्रतियोगितामा दोस्रो जित निकालेको छ ।

दिनेश अधिकारीको अलराउन्ड प्रदर्शनमा कर्णालीले लुम्बिनीलाई उसैको घरेलु मैदानमा हराएको हो । दिनेशले ब्याटिङमा ५६ रन बनाए भने बलिङतर्फ सर्वाधिक ३ विकेट लिए ।

भैरहवास्थित, सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित ४५ ओभरमा ९ विकेट गुमाउँदै १८४ रन बनाएको थियो ।

कर्णालीले दिएको १८५ रनको लक्ष्य पछ्याएको लुम्बिनी ४२.२ ओभरमा १२४ रन बनाउँदै अलआउट भएको हो । लुम्बिनीका लागि कृष्ण कार्कीले सर्वाधिक ४७ रन बनाए । उनले ७७ बलमा ३ चौका र १ छक्का प्रहार गरेका हुन् ।

ओपनर मिर्नाल गुरुङले २२ रन बनाए भने मोहम्मद हुसेन र निर्मल गुरुङले समान १०/१० रन बनाए । अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

कर्णालीका लागि अनुज चनारा र दिपेन्द्र रावतले समान २/२ विकेट लिए । दिवान पुनले १ विकेट लिए ।

त्यसअघि, ब्याटिङ गरेको कर्णालीका लागि ओपनर रविन्द्र शाहीले ११, हिमान्शु शाहीले २५, दिपेन्द्र रावतले ४७ रन बनाए । लुम्बिनीका लागि निर्मल गुरुङ र अभिषेक गौतमले ३÷३ विकेट लिए । मोहम्मद हसन कृष्ण, अजय चौहानले १÷१ विकेट लिए ।

कर्णालीले यसअघि गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गरेको छ भने सुदुरपश्चिम प्रदेशसँग १३४ रनले पराजित भएको थियो ।

त्यस्तै लुम्बिनीको प्रतियोगितामा दोस्रो हार हो । गण्डकीलाई ४ विकेटले हराएको लुम्बिनीले सुदुरपश्चिमसँग ५ विकेटको हार बेहोरेको थियो ।

प्रधानमन्त्री कप क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय