+
+

साहब आलमको घातक बलिङ, कोशी ८८ रनमा अलआउट

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ४ गते ११:१७

४ माघ, काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा  त्रिभुवन आर्मी क्लबका साहब आलमले घातक बलिङ गरेपछि कोशी प्रदेश ८८ रनमा अल आउट भएको छ ।

आलम एक्लैलै ६ विकेट लिएको खेलमा कोशी प्रदेश २४.४ ओभरमा ८८ रन बनाउँदै अलआउट भएको हो । आलमले ६.४ ओभरमा ३ मेडनसहित मात्र १४ रन दिएर ६ विकेट लिएका हुन् ।

१२.२ ओभरमा ७० रनमा ३ विकेट गुमाएको कोशीको ब्याटिङ बाँकी १८ रन जोड्दा थप ७ विकेट गुमाएको थियो । कोशीका लागि कप्तान अंकित सुवेदीले सर्वाधिक ४१ रन बनाए । उनले ३७ बलमा ९ चौका प्रहार गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?