+
+

प्रधानमन्त्री कप क्रिकेटमा आर्मीको दोस्रो जित, साहब आलमले लिए ६ विकेट

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ४ गते १२:२५

४ माघ, काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा साहब आलमले उत्कृष्ट बलिङ गरेपछि त्रिभुवन आर्मी क्लबले दोस्रो जित हात पारेको छ ।

मूलपानी क्रिकेट मैदानमा भएको खेलमा आर्मीले कोशी प्रदेशलाई ९ विकेटको फराकिलो अन्तरले हराएको हो ।

आलम एक्लैलै ६ विकेट लिएपछि टर हारेर पहिला ब्याटिङ गरेको कोशी प्रदेश २४.४ ओभरमा ८८ रनमा अलआउट भएको थियो ।

आलमले ६.४ ओभरमा ३ मेडनसहित मात्र १४ रन दिएर ६ विकेट लिए । १२.२ ओभरमा ७० रनमा ३ विकेट गुमाएको कोशीले बाँकी १८ रन जोड्दा थप ७ विकेट गुमाएको थियो ।

कोशीका लागि कप्तान अंकित सुवेदीले सर्वाधिक ४१ रन बनाए । उनले ३७ बलमा ९ चौका प्रहार गरेका हुन् । पाँच ब्याटर शुन्यमै आउट हुँदा अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

८९ रनको सामान्य लक्ष्य आर्मीले १ विकेट गुमाएर पावरप्ले भित्रै भेट्टायो ।

आर्मीका ओपनर सन्तोष कार्की ३२ र कुशल मल्ल २२ रनमा नट आउट रहे । अर्का ओपनर इमरान शेख ३२ रनमा आउट भएका थिए ।

यसअघि आर्मीले मधेश प्रदेशलाई १२६ रनले हराएको थियो भने बागमती प्रदेशसँग ३ विकेटले पराजित भएको थियो ।

कोशीको यो चौथो हार हो । पहिलो खेलमा मधेशसँग ७ विकेटले हारेको कोशी दोस्रो खेलमा एपीएफसँग ६ विकेट र तेस्रो खेलमा पुलिससँग ७ विकेटले पराजित भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?