+
+

माओवादी मन्त्री उप्रेतीको सम्पत्ति : १० तोला सुन, ३९ लाख ऋण

कृषि र गाई फारमका मालिक

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ४ गते १३:२६

४ माघ, विराटनगर । कोशी प्रदेशका वन, पर्यटन तथा वातावरणमन्त्री गणेश उप्रेतीले दुई वटा घडेरी रहेको विवरण बुझाएका छन् ।

माओवादी केन्द्र कोशी प्रदेशका सचिव समेत रहेका उप्रेतीले श्रीमती नरमाया भट्टराईको नाममा विराटनगरमा १ कट्ठा ५ धुरको जग्गामा घर र सुनसरीको इटहरीमा ११ धुर जग्गा रहेको उल्लेख गरेका छन् ।

१० तोला सुन र २० तोला चाँदी पनि रहेको विवरण उनले पेश गरेका छन् । परिवारको नाममा २ लाख ७८ हजार रुपैयाँ नगद बैंकमा बचत रहेको र ३९ लाख ५० हजार ऋण रहेको उप्रेतीले उल्लेख गरेका छन् ।

उनले सामूहिक रुपमा कृषि फारम तथा गाई फारम सञ्चालन गरेको पनि विवरण बुझाएका छन् ।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पनि आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मन्त्री हुँदा १० ठाउँमा जग्गा देखाएका मुख्यमन्त्री कार्कीले अहिले ७ ठाउँमा मात्रै जग्गा रहेको उल्लेख गरेको छ । १ करोड ८ लाख ऋण देखाएका उनले ५२ वटा बैंक तथा वित्तीय संस्था र कम्पनीमा शेयर रहेको उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?