+
+

जब राजेशपायलले स्टेजमै ब्याक-किक हाने

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ४ गते १७:३२

काठमाडौं । गायक राजेशपायल राई बेलाबेलामा चर्चामा आइरहन्छन् । गत वर्ष अमेरिकाको न्युयोर्कस्थित कन्सर्टको स्टेजमा एक व्यक्तिले उनलाई दुर्व्यवहार गरेको घटनाले चर्चा पायो । पछि ती व्यक्तिले राजेशपायलसामु माफी मागे । त्यसबाहेक स्टेज प्रस्तुतिमा भएका क्रियाकलापलाई लिएर समेत उनी चर्चामा आउँछन् ।

यस्तोमा राजेशपायलको एक नयाँ भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । केही दिनअघि एक फेसबुक पेजबाट अपलोड भएको उक्त भिडियोलाई सामाजिक सञ्जालमा अन्यले पनि सेयर गरेका छन् ।

मञ्चमा प्रस्तुति दिइरहेको बेला राजेशपायलले अर्का व्यक्तिलाई ब्याक-किक हानेर स्टेजबाट धपाएको दृश्य भिडियोमा छ । उनले प्रस्तुति दिइरहेको बेला एक व्यक्ति पछाडिबाट आउँछन् र राजेशपायलसँग कानेखुसी गर्न थाल्छन् । राजेशपायलले भने हेर्दै नहेरी ती व्यक्तिलाई लात्तीले हानेको देख्न सकिन्छ ।

उक्त भिडियोलाई लिएर सामाजिक सञ्जालमा धेरै राजेशपायललाई गाली गरिरहेका छन् । ती भिडियोको कमेन्टमा विभिन्नथरी प्रतिक्रिया आइरहेको छ । कतिपयले राजेशपायलले मादक पदार्थ सेवन गरेको बताएका छन् भने कतिपयले भने नियतवश नभई झुक्किएर लागेको हुनसक्ने भन्दै राजेशपायलको बचाउ गरिरहेका छन् ।

तर उक्त भिडियो कहिलेको हो भन्ने चाहिं खुलेको छैन । कतिपयले उक्त भिडियो अहिले चलिरहेको मेला महोत्सवकै हुनसक्ने धारणा राखिरहेका छन् । राजेशपायलले पछिल्लोपटक ओखलढुंगाको मोलीमा कन्सर्ट गरेका थिए । तर उक्त घटना यही ठाउँको हो भन्ने उल्लेख छैन ।

तस्वीर स्रोत : सामाजिक सञ्जाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?