+
+

गुजरातमा डुंगा डुब्दा १२ विद्यार्थीसहित १४ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ४ गते २२:५८
Photo Credit : PTI

५ माघ, काठमाडौं । भारत गुजरातको एक तलाउमा डुंगा डुब्दा १२ विद्यार्थीसहित १४ जनाको मृत्यु भएको छ । गुजरातको बडोदरास्थित हरनी तलाउमा घुम्न भनेर गएका शिक्षक र विद्यार्थीहरु दुर्घटनामा परेका हुन् ।

प्रत्यक्षदर्शीका अनुसार डुंगा खचाखच भरिएको थियो । डुंगामा चढेकाहरुले लाइफ ज्याकेट पनि नलगाएकाले धेरै मानवीय क्षति भएको बताइएको छ । १२ विद्यार्थी र २ शिक्षकको मृत्यु भएको तथा तीन जना अझै हराइरहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

डुंगा दुर्घटनाको जानकारी पाएलगत्तै गुजरातका मुख्यमन्त्री भुपेन्द्र पटेल घटनास्थल पुगेका थिए । उनले खोज तथा उद्धारमा तीव्रता दिन निर्देशन दिएका थिए ।

प्रधानमन्त्री नरेन्द्र मोदीले पनि यस घटनामा दुःख व्यक्त गर्दै स्थानीय प्रशासनलाई प्रभावित व्यक्तिहरुलाई हरसम्भव सहायता प्रदान गर्न निर्देशन दिएका छन् । साथै प्रधानमन्त्री राहत कोषबाट मृतकका परिवारलाई दुई लाख रुपैयाँको दरले घाइते भएकाहरुलाई ५० हजार रुपैयाँ सहयोग गर्ने घोषणा पनि मोदीले गरेका छन् ।

उनले मृतक परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरुको स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?