+
+

अविनाशको शल्यक्रिया सफल, एक महिना मैदान बाहिर रहने

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ५ गते १०:४०

काठमाडौं । नेपाली क्रिकेट टोली तथा एपीएफ क्लबका तीव्र गतिका बलर अविनाश बोहराको हातको शल्यक्रिया सफल भएको छ । बिहीबार प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध ब्याटिङ गर्ने क्रममा अभिनाशको बायाँ हातको हत्केलामा चोट लागेको थियो ।

टियु एन्डबाट आएका तीव्र गतिका बलर रुपेश सिंहको ४९ औं ओभरको दोस्रो वाइडतर्फको बल धेरै पछि गएर राइट बनाएर खेल्नेक्रममा उनको बायाँ हातको हत्केलामा चोट लागेको थियो । उक्त चोटपछि उनी वयोधा अस्पताल बल्खुमा उपचार गर्न गएका थिए ।

बिहीबार नै उनको शल्यक्रिया भएको छ । नेपाल एपीएफ क्लबका म्यानेजर (व्यवस्थापक) राजेश श्रेष्ठले अभिनाश अब एक महिना मैदान रहने बताएका छन् । ‘अविनाशको बिहीबार शल्यक्रिया भएको छ । उनी एक महिना समय मैदान बाहिर रहनेछन् । उनको स्थानको हामीले यज्ञमान कुमाललाई खेलाउँदै छौं,’ राजेशले अनलाइनखबरसँग भने ।

हत्केलामा चोट लागेपछि अभिनाशले सुरुमा मैदानमै प्राथमिक उपचार गराएका थिए । फिजियो लोकेन्द्र कुँवर लगायत मेडिकल टोलीले उपचार गरेका थिए । त्यसपछि उनी मैदान बाहिर आउनु परेको थियो ।

अमरसिंह राउटेलाले तेस्रो बलमा एक रन बटुलेपछि चौथो, पाँचौं बलमा एपिएफले रमेश कुर्मी र श्याम ढकाल दुबैलाई गुमाउन पुग्यो । उनी नगएको खण्डमा एपीएफ अलआउट हुने थियो । उनी सबैलाई आश्चर्य पार्दै ब्याटिङमा गएका थिए । अन्तिम बल खेल्दै अर्को ओभर अमरलाई खेल्न दिएका थिए । उनी बलिङमा भने आएनन् ।

उनी नहुँदा २ सय ४६ रन बनाएको एपीएफले दुई ओभर अगाडि नै मधेशसँग हार्न पुगेको थियो । पिएम कप क्रिकेटको इतिहासमा एपीएफ पहिलो पटक मधेशसँग हार्न पुगेको थियो । यस प्रतियोगिता सुरु हुनुअघि नै एपीएफको तीव्र गतिको बलिङ आक्रामण सबैभन्दा कमजोरीको रुपमा छ ।

अब अविनाशको स्थान यज्ञमान कुमालले लिनेछन् । तर उनी पहिलो रोजाइका बलर भने होइनन् । त्यसैले एपीएफ दबाबमा पर्ने देखिन्छ । अमर पार्टटाइम तीव्र गतिका बलर हुन् ।

यज्ञमानले पछिल्लो पटक एपीएफबाट पिएम कप २०१९ मा मूलपानीमा गण्डकीविरुद्ध खेलेका थिए । प्रदेश छनोट खेलेका खेलाडी एपीएफले यस सिजन टोलीमा राख्न पाउँदैन । त्यसैले यही तीव्र गतिका बलिङ आक्रामण सामु खेल्नुपर्ने हुन्छ ।

एपीएफ ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ चौथो स्थानमा छ । एपीएफले बागमतीलाई ८९ रन र कोशीलाई ६ विकेटले हराएको थियो । एपीएफले पुलिस, आर्मी र लुम्बिनीसँग भैरहवामा खेल्नेछ । गण्डकी र सुदूरपश्चिमसँग मूलपानीमा खेल्नेछ । कर्णालीसँग टियुमा खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?