+
+

९ वर्षपछि राजबल्लभको ‘कमब्याक’ पक्का, फिल्म ‘एक्टर’मा अनुबन्धित

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ५ गते १६:०८

काठमाडौं । ९ वर्षपछि अभिनेता राजवल्लभ कोइरालाको पुनरागमन पक्का भएको छ । फिल्म ‘एक्टर’मा उनी अनुबन्धित भएका छन् ।

निर्माता थमनकुमार भण्डारीले अभिनेता कोइरालासँग बिहीवार लिखित सहमति भएको बताए । उनका अनुसार बैशाख पहिलो सातादेखि छायांकन हुने फिल्मका लागि कोइराला नेपालमा २० दिन बस्नेछन् ।

सुरुमा छायांकन र त्यसपछि प्रिमियरको मौका छोपेर राजवल्लभलाई बोलाउने निधो भएको निर्माताले बताए । ‘फिल्ममा उहाँको प्रमुखमध्येको भूमिका छ’ उनले भने, ‘क्यारेक्टर सानो भयो भनेर दर्शकले चित्त दुःखाउनुपर्दैन ।’

यो फिल्मलाई आउँदो तिहारमा प्रदर्शनको तयारी छ । कोइरालाको पछिल्लो फिल्म ‘हे युवा’ सन् २०१५ मा रिलिज भएको थियो । ‘हाइवे टु धम्पुस’ रिलिजको समयमा उनी अमेरिका लागेका थिए ।

राजवल्लभलाई फिल्ममा अनुबन्धित गरिएको बारे जानकारी दिन निर्माताले उनको क्यारेक्टर पोस्टर सार्वजनिक गरेका छन् । जसमा काउब्वाय ह्याट लगाएको र दाह्री पालेको अवतारमा उनी प्रस्तुत छन् ।

राजन भुसालले निर्देशन गर्न लागेको यो फिल्म अदृत फिल्म्सको ब्यानरमा बन्न लागेको हो । प्रशस्तै फिल्ममा सहायक निर्देशकको अनुभवपछि भुषाल यसबाट निर्देशकको रुपमा डेब्यु गर्न लागेका हुन् ।

यो फिल्मले चलचित्रको जर्नीबारेको कथा पेश गर्छ । काठमाडौंसहित पोखरा र उपल्लो मुस्ताङको लोकेसनमा फिल्म छायांकन हुने भएको छ । फिल्ममा अर्की एक अभिनेत्रीको खोजी भैरहेको छ ।

फिल्मलाई नरेन्द्र मैनालीले छायांकन गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?