+
+

टिभी सिरिज ‘डिङ्नो’ निर्माणको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ५ गते २१:१५

काठमाडौं । नयाँ टेलिभिजन सिरिज ‘डिङ्नो’ निर्माण हुने भएको छ । शुक्रबार विश्वज्योती हलमा आयोजित पत्रकार सम्मेलनमा सामाजिक कथावस्तुको श्रृंखला ल्याउने जानकारी दिइयो ।

लुम्बिनी प्रदेशको दाङ र आसपासको ग्रामीण परिवेशमा छायांकन गरिने सिरिजले कुना कन्दरा र विदेशको भोगाइलाई चित्रण गर्ने निर्देशक विष्णु बुढाथोकीले बताए ।

‘हजारौ जेहेन्दार, दक्ष नेपाली जनशक्ति दिन प्रतिदिन आफ्नो र परिवारको सपनाको झोला बोकेर बहानामा बिदेशिने लर्को छ । जसको कारण हिजोआज हाम्रो गाउँबस्ती, समाज सहारा बिहिन हुँदै गएका छन् । यिनै बिषयलाई उठाएर टेलिश्रृंखला देखाउने प्रयास गर्नेछौं’ निर्देशक बुढाथोकीले भने ।

यो सिरिज प्रत्येक सोमबार हिमालय टेलिभिजनमा ८ देखी ९ बजेसम्म प्रसारण हुनेछ । यसमा कुलदिप अधिकारी, रोशनी कार्की, जेबी डिसी, बिष्णु बुढाथोकी, पूर्णबहादुर गन्धर्व, सरिता कठायत, सुप्रभा अधिकारी, आकुशा श्रेष्ठ, सन्दिप वस्ती लगायतका कलाकारको अभिनय हुनेछ ।

योगेश काजीको शीर्षगीत रहेको टेलिश्रृंखलामा अंकुर गुरुङको छायांकन, पूर्णबहादुर गन्धर्वको पटकथा तथा संवाद छ । सन्जिव कार्कीको सहायक निर्देशन, आनन्द पुन र बसन्त बुढाथोकी कार्यकारी निर्माण र शैलेश खत्री निर्मातामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?