+
+
प्रधानमन्त्री कप :

मयन र हरिशंकरको अर्धशतकमा मधेशले दियो कर्णालीलाई २३२ रनको लक्ष्य

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ६ गते १२:४८

६  माघ, काठमाडौं । कप्तान हरिशंकर शाह र मयन यादवको अर्धशतकमा मधेश प्रदेशले प्रधाानमन्त्री कप एक दिवसीय क्रिकेटमा कर्णाली प्रदेशलाई २३२ रनको मध्यम लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको मधेशले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २३१ रन बनायो । मधेशका शीर्ष तीन ब्याटरले राम्रो सुरुवात गरेपनि ठूलो इनिङमा अन्त्य गर्न सकेनन् ।

कप्तान हरिशंकर शाह ६१ बलमा ६ चौकासहित ५० रनमा आउट भए । तेस्रो नम्बरका ब्याटर मयन यादव ८८ बलमा ५ चौकासहित ५० रनमा आउट भए । अनिलकुमार शाह ४४ बलमा ४ चौका र २ छक्कासहित ४४ रनमा आउट भए ।

ओपनर अनिल र हरिशंकरले मधेशलाई पहिलो विकेटका लागि १३.५ ओभरमा ८५ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । अनिल स्पिनर दीपेन्द्र रावतलाई सट खेल्ने धुनमा चोभार एन्डको मिडअफतर्फ निश्चल रावलबाट क्याच आउट भएपछि अर्धशतक बनाउन ६ रनले चुकेका थिए ।

अनिल आउट भएपछि मधेशका ब्याटरले ठूलो साझेदारी गर्न सकेनन् । चोभार एन्डबाट दीपेन्द्र र टियु एन्डबाट युनिस विक्रम सिंहको स्पिन जोडीले लगातार विकेट लिँदै कर्णालीलाई खेलमा फर्काएका थिए ।

पवन सरार्फ ११, निरज यादव शून्य, राहुल मण्डल १० र रुपेश सिंह ३ रनमा आउट भएपछि मधेश ८५–० बाट १६३–६ को अवस्थामा पुगेको थियो । सातौं विकेटका लागि मयन यादव र अभिषेक तिवारीले ४१ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।

तीव्र गतिका बलिङ अलराउन्डर अभिषेक तिवारीले ३७ बलमा ४ चौका र १ छक्कासहित ३४ र बनाउँदै आउट भए  । राजेश यादव र प्रदीप पासवानले ११/११ रन जोडे ।

कर्णालीका स्पिनर दीपेन्द्र रावतले १० ओभरमा १ मेडनसहित ३९ रन खर्चेर ४ विकेट लिए । अनुज चुनाराले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिए । युनिस सिंह, दिनेश अधिकारी र दिवान पुनले एक/एक विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?