+

मधेशविरुद्ध कर्णालीका अर्जुनले बनाए अर्धशतक

२०८० माघ  ६ गते १५:३९ २०८० माघ ६ गते १५:३९
मधेशविरुद्ध कर्णालीका अर्जुनले बनाए अर्धशतक

६ माघ, काठमाडौं । कर्णालीका युवा विकेटकिपर अर्जुन घर्तीले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।

२३२ रनको मध्यम लक्ष्य पछ्याएको कर्णालीले ३७.२ ओभरमा ७ विकेट गुमाउँदै १ सय ४९ रन बनाएको छ ।

कर्णालीका अर्जुन घर्ती ९४ बलमा १ चौका र २ छक्कासहित ५० रन जोडेका हुन् ।

कर्णालीले कप्तान तथा प्रमुख ब्याटर रविन्द्रजंग शाहीलाई एक रनमै गुमाएको थियो । तीव्र गतिका बलर राजेश यादवको बलमा रविन्द्र एज लागेर फस्टस्लिपमा रन्जित कुमारबाट क्याच आउट भए ।

राजेश यादवले नै हिमान्शु शाहीलाई २ रनमा क्याच आउट गराए । तेस्रो विकेटका लागि विपिन शाही र अर्जुन घर्तीले ४४ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । विपिन शाही स्पिनर रञ्जित कुमारको बलमा कभरमा रुपेशबाट क्याच आउट भएपछि कर्णालीलाई ठूलो झड्का लागेको थियो ।

उनले ३८ बलमा ६ चौकासहित ३१ रनको इनिङ खेले । निश्चल रावल प्रदीप पासवानको बलमा ४ रनमा बोल्ड आउट भए । दीपेन्द्र रावत ५, प्रकाश जैसी १४ र युनिस सिंह शून्यमा आउट हुन पुगे ।

पवन सराफलाई २८ औं ओभरको अन्तिम बलमा ठूलो सट खेल्ने धुनमा प्रकाश जैसी डिप मिडविकेटमा १४ रनमा रुपेशसिंह बाट क्याच आउट भएका थिए । जैसी आउट भएपछि कर्णालीको जितको सम्भावना कठिन बन्न पुग्यो ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको मधेशले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २३१ रन बनाएको थियो । कप्तान हरिशंकर शाह ६१ बलमा ६ चौकासहित ५० रनमा आउट भए ।

तेस्रो नम्बरका ब्याटर मयन यादव ८८ बलमा ५ चौकासहित ५० रनमा आउट भए । अनिलकुमार शाह ४४ बलमा ४ चौका र २ छक्कासहित ४४ रनमा आउट भएका थिए ।

अर्जुन घर्ती

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय