+
+

बाडु फिरन्तेको क्षेत्र यसरी बन्यो साउदी अरब

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ७ गते ८:३९
Photo Credit : GETTY IMAGE

हिमयुगको समाप्ति पश्चात् करिब १५ देखि २० हजार वर्षअघि साउदी अरबको मरुभूमिमा मानिसको बसोबास सुरु भएको थियो ।

इस्लाम धर्मको प्रचार पश्चात् त्यो खलिफाको मुख्य केन्द्र थियो । तर त्यो पनि धेरै समयसम्म स्थायी रहेन ।

सिरिया, इराक तथा टर्कीबाट साउदी अरबमाथि शासन गरिँदै आयो । त्यसको धेरै वर्षसम्म तीनपटक प्रयास गरेपछि हालको साउदी अरब एक स्वाधीन राष्ट्रको रुपमा अस्तित्वमा आएको हो ।

फिरन्ते बाडुको देश

यो क्षेत्र विभिन्न बाडु जातिहरुको घुमन्ते क्षेत्रको रुपमा थियो । त्यहाँ तमाम समुदायहरु स्वतन्त्रतापूर्वक बस्थे ।

जेम्स वेनब्रान्टले आफ्नो पुस्तक ‘अ ब्रिफ हिस्ट्री अफ साउदी अरेबियाु मा लेखेका छन्, ‘हाल विद्यमान बहराइन तथा आसपासका तटीय इलाकाहरुमा इशापूर्व ३२औं शताब्दीमा दिलमुन नामको एक सभ्यताको विकास भएको थियो ।’

त्यस समयमा अन्य सहर मेगान (हालको ओमान) बेबिलोन तथा सिन्धु नदी उपत्यकामा मेसोपोटामिया जस्ता सहरसँग उसको व्यापार हुने गर्दथ्यो । दिलमुन त्यसबेला मोतीका लागि संसारभर प्रसिद्ध थियो । त्यसबेला यमनलाई साबा वा सेबा नामले चिनिन्थ्यो । सोही प्रकारले जोर्डनको नाम नाबातायेन थियो ।

तर अरब उपत्यकाका मानिसहरु सदैव आफुलाई अल अरब वा अरबीहरुको टापु भन्दथे । तर उनीहरु आफूलाई किन अरब भन्दथे भन्ने चाहिं खुलेको छैन । यद्यपि तीमध्ये अधिकांश मरुभूमिका फिरन्तेहरु थिए, जसलाई बाडु भनिन्थ्यो ।

बाडु समुदायका मानिसहरु इस्लाम धर्मको सुरुवात हुनुभन्दा पहिलेको समाजमा विभिन्न समूह तथा जातिहरुमा विभक्त थिए । ती सबैको आआफ्नै छुट्टै शासन तथा रितिरिवाज थियो ।

जेम्स वेनब्रान्टका अनुसार इशापूर्वदेखि ईश्वीको दोस्रो शताब्दीसम्म यीमध्ये अधिकांश समूहहरुमाथि रोम साम्राज्यले शासन गरेको थियो । यद्यपि पछि उनीहरुले आफूमाथि रोमको आधिपत्य अस्वीकार गरे । बाडु समुदायका मानिसहरु तेस्रो शताब्दीमा एकजुट भएर एउटा विशाल आदिवासी संघ बनाए, जसबाट उनीहरुको शक्तिमा वृद्धि भयो । उनीहरुले पाँचौं शताब्दीमा सिरिया, प्यालेस्टाइन तथा जेरुसेलममा पनि आक्रमण गरे ।

मक्कामाथि मुसलमानको कब्जा

साल 630 में मक्का मुसलमानों के कब्जे में आया

इस्लाम धर्मको प्रचारपश्चात् सन् ६३० मा मक्कामाथि मुसलमानहरुले कब्जा गरे । त्यसबेला मदीनाबाट इस्लामको प्रचार सुरु भयो र विभिन्न इलाकाहरु मुस्लिमहरुको नियन्त्रणमा आउन थाले ।

पैगम्बर मोहम्मदको निधन सम्ममा लगभग सबै अरब क्षेत्र मुसलमानको नियन्त्रणमा आइसकेको थियो । उक्त समयम्म अरबका सबै बाडु समूह एउटै इस्लामको छातामुनि आएका थिए । उनीहरुले आपसमा काटमार छाडेर इस्लाम धर्मको चौतर्फी प्रचारप्रसारको संकल्प गरे ।

त्यसपछिको एक शताब्दीभित्र इस्लाम धर्म युरोपका स्पेनदेखि एसियाका भारतलगायत संसारका धेरै हिस्सामा फैलियो । तर त्योसँगै इस्लामी साम्राज्यको केन्द्र वा राजधानी चाहिं अरब इलाकाबाट हटेर सुरुमा दमास्कस र पछि बगदाद बन्न पुग्यो ।

त्यसबेला अरब क्षेत्र हेजाज र नजद नामका दुईवटा भागमा विभक्त थियो । पश्चिम तटवाला इलाका हेजाज नामले चिनिन्थ्यो । जसमा मक्का, मदीना तथा जेद्दाजस्ता सहर थिए । विभिन्न कालखण्डमा उमाइद, अब्बासिद, मिश्र तथा अटोमनले यस इलाकामा शासन गरे ।

मरुभूमि तथा पर्वतीय क्षेत्र नजदको नामले चिनिन्थ्यो । त्यहाँ फिरन्ते तथा युद्धप्रेमी बाडु समुदायका मानिसहरु बस्दथे । उक्त इलाकामा रियाद जस्ता सहर पर्दथे । त्यहाँ कहिल्यै पनि विदेशी शासनको आधिपत्य रहेन । र, त्यहाँका बासिन्दाहरुले आफूलाई सधैं स्वतन्त्र मानिरहे।

उस्मानिया वा अटोमन साम्राज्य

सन् १५५७ मा उस्मानी शासन सुलेमान सलीम प्रथमको हातबाट सिरिया तथा मिश्र पराजित भएसँगै टर्कीले हेजाजमाथि नियन्त्रण हासिल गर्‍यो ।

सुल्तान सलीमले आफैलाई मक्काको रक्षक घोषित गरे । उनले पछि लालसागरको किनारामा अवस्थित अन्य अरब क्षेत्रहरुसम्म टर्की अर्थात् अटोमन साम्राज्य विस्तार गरे । तर त्यसका अलावा अरबको एउटा ठूलो हिस्सा स्वतन्त्र नै रहन सक्यो ।

पहिलो तथा दोस्रो चरणको साउदी राष्ट्र

सऊदी अरब की एक प्राचीन मकबरा

 

मुहम्मद बिन साउदले सन् १७४४ मा साउदी अरबमा पहिलो राष्ट्रको स्थापना गरेका हुन् । त्यसबेला उनी अरबका धार्मिक नेता मुहम्मद इब्न अब्दुल वहाबको सहयोगबाट रियादको नजिक दिरिया नामको इलाकामा बस्ने एक जनजातिका प्रमुख थिए । उनले उस्मानको शासनबाट अलग भएर दिरिया इमिरेट नामको एक साम्राज्यको स्थापना गरेका थिए जुन इतिहासमा पहिलो साउदी राज्य थियो । यद्यपि त्यो एउटा सहरी राज्यजस्तो थियो ।

जेम्स वेनब्रान्टले ‘अ ब्रिफ हिस्ट्री अफ साउदी अरेबिया’ नामक पुस्तकमा लेखेका छन्, ‘मोहम्मद इब्न अब्दुल वहाबलाई आफ्नो आदर्शको प्रचार गर्नका लागि सैन्य समर्थको आवश्यकता थियो । उता मोहम्मद बिन साउदलाई स्वाधीन अरब राष्ट्रको गठनका लागि धार्मिक समर्थनको खाँचो थियो । उनीहरु दुबै मिलेर नजादलाई एकजुट पार्न पहल गरे।’

मोहम्मद इब्न साउदका उत्तराधिकारी अब्दुल अल अजिजले पछि अटोमन शासकलाई पराजित गरी इराकको कर्बला लगायतका विभिन्न इलाकाहरु कब्जा गरे । त्यस समयमा विवाहको माध्यमबाट नजाद र हेजाजबीच एकता भयो ।

सन् १८०३ मा एक घातक आक्रमणमा उनको निधन पश्चात् उनका छोरा साउद बिन अब्दुल अजिजले मक्का र मदीनामा पनि कब्जा गरेका थिए । तथापि टर्किसहरुको निरन्तरको आक्रमणका कारण त्यो राष्ट्र कायम रहन सकेन ।

सन् १८१८ मा दिरियामा पुनः टर्कीले कब्जा गर्‍यो । सात महिनासम्म चलेको अवरोधको अन्त्यमा अब्दुल्ला इब्ने साउदले मिश्रका सैन्य कमान्डर इब्राहिम पाशा समक्ष आत्मसमर्पण गरे । पछि कन्स्टेन्टिपोलमा सिरछेदन गरी उनको हत्या गरियो ।

टर्कीका इब्ने अब्दुल्ला इब्ने मुहम्मद इब्ने साउदले दोस्रोपटक साउदी राष्ट्रको स्थापना गरेका थिए । उनी दिरिया इमिरेटका अन्तिम शासक अब्दुल्लाका सौतेनी भाई थिए ।

पहिलो साउदी राष्ट्रको पतनपछि उनले अल साउद परिवारका अन्य सदस्यहरुसँग भागेर मरुभूमिमा एक जनजातिसँग शरण लिएका थिए ।

मादाबी अल रशीदले ‘अ हिस्ट्री अफ साउदी अरेबिया’ नामक पुस्तकमा लेखेका छन्, ‘ उनले सन् १८२३ मा टर्की तथा मिश्र विरुद्ध युद्ध सुरु गरे र रियाद तथा दिरियामाथि पुनः कब्जा जमाए । उनले रियादलाई राजधानी बनाएर नजाद इमिरेट नामक दोस्रो साउदी राष्ट्रको घोषणा गरे । तर त्यो पनि धेरै समयसम्म टिक्न सकेन । एक सौतेनी भाईले सन् १८३४ मा उनको हत्या गरे । त्यसपछि सन् १८९१ मा दोस्रो साउदी राष्ट्रको पनि पतन भयो । त्यहाँका अन्तिम शासक अब्दुल रहमान बिन फैसलले आफ्नो छोरा अब्दुल अजीजसँग मूररा नामक एक बाडु जनजातिसँग शरण लिएका थिए ।’

हालको साउदी अरब

तेल का कुंआ

अब्दुल अजीज बिन अब्दुल रहमान बिन फैसल, जो इब्ने साउदको नामबाट धेरै परिचित छन् उनैले सन् १९०२ मा रियादमा कब्जा गरी तेस्रोपटक साउदी राष्ट्रको स्थापना गरेका थिए । यद्यपि त्यसलाई छुट्टै राज्यको रुपमा मान्यता प्राप्त भएन ।

इतिहासकार जेम्स वेनब्रान्टले लेखेका छन्- इब्ने साउद रियादमा कब्जा गर्नका लागि जाने समयमा उनीसँग केवल ४० जनामात्रै थिए । तर रियाद जाने मार्गमा बाडु जनजातीका कैयौं मानिसहरु उनको साथ लागे । त्यसबेला मक्का र मदीनासमेत साउदी अरबका अधिकांश हिस्सामा अटोमन शासकको कब्जा थियो ।

उता हेजाज इलाकामा शरीफ हुसेन नामक शासकको नियन्त्रण थियो भने नजादमा इब्ने साउदको । तर उनलाई नजादमा राशिदीहरुको विरुद्धमा युद्ध गरिरहनु परेको थियो ।

त्यस समयमा बेलायत, फ्रान्स, जर्मनी तथा रुस लगायतका विभिन्न विदेशी शक्तिहरु त्यस क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिने प्रयास गरिरहेका थिए ।

पहिले विश्वयुद्ध सुरु भएपछि शरीफ हुसेन बेलायतको पक्षमा लागे । त्यस समयमा ब्रिटिस सेनाले अटोमन साम्राज्यको विरुद्धको लडाइँमा अरबको साथ दिएको थियो । उनीहरुले प्रशिक्षणका साथै हतियारको आपूर्ति पनि सुरु गरेका थिए ।

पहिलो विश्वयुद्धमा पराजय पश्चात् साउदी अरब अटोमन शासकको हातबाट बाहिर निस्कियो । तर युद्ध समाप्त भएपश्चात् एक गोप्य सम्झौतामार्फत् बेलायत र फ्रान्सले मध्यपूर्वका विभिन्न इलाकाहरु आपसमा बाँडे । त्यसबेला अरब इलाकाहरुमा नियन्त्रणका लागि शरीफ हुसेन र इब्ने साउदको बीचमा युद्ध सुरु भयो ।

मादाबी अल रशीदले आफ्नो पुस्तकमा उल्लेख गरे अनुसार इब्ने साउदले पहिले राशिदीहरुलाई पराजित गरेर नजादमा कब्जा गरे । त्यसपछि सन् १९२४ मा हजयात्रीहरुमाथि आक्रमण गरेको आरोप लगाएर उनले हेजाजमा पनि सैन्य अभियान सुरु गरे ।

यसैबीच बेलायतको शरीफ हुसेनको सम्बन्धमा दरार उत्पन्न हुन थालेको थियो । बेलायती सहायता प्राप्त नभएपछि शरीफ अकाबा भागे । त्यसपछि हेजाज र नजादमाथि इब्ने साउदको नियन्त्रण कायम भयो ।

सन् १९२६ मा मक्का मदीना तथा जेद्दामाथि नियन्त्रण गरेपश्चात् अब्दुल अजीज बिन साउदले आफुलाई हेजाजको बादशाह घोषित गरे । उनी पहिलेदेखि नै नजादका सुल्तान थिए । उनले अर्कोवर्ष जनवरीमा नजाद तथा हेजाजलाई मिलाएर किंगडम अफ नजाद एण्ड हेजाज स्थापनाको घोषणा गरे ।

एनले बेलायत सरकासँगको सम्झौता मार्फत् यसका लागि मान्यता हासिल गरे । त्यसबेला उनले इमाम उपाधि लिएका थिए । तर सरकारी कामकाजमा उनलाई बादशाह भनिन्थ्यो ।
राजकीय साउदी अरब कहिले बन्यो ?

तत् पश्चात् उनले अरबीहरुलाई आफ्नो परम्परागत जीवनशैली परिवर्तन गर्ने आदेश दिए । इब्ने साउदले बाडु समुदायको आपसी झगडा, हमला तथा लुटपाटमाथि बन्देज लगाए । सन् १९३२ को सेप्टेम्बर १८ मा इब्ने साउदले एक शाही घोषणा गर्दै हेजाज र साउदलाई एउटा देश घोषणा गरे ।

अनि सेप्टेम्बर २३ का दिन उनले अर्को शाही आदेश जारी गर्दै भने, ‘अब अरब क्षेत्र अल मामलाकातूल अराबिया आस साउदिया अर्थात् राजकीय साउदी अरबको नामबाट चिनिनेछ।’

तर त्यसबेला साउदी अरबका अधिकांश मानिसहरु फिरन्ते जीवनशैलीमा अभ्यस्त थिए । उनीहरुको आर्थिक स्थिति खासै राम्रो थिएन । तथापि पेट्रोलियमको खोजपश्चात् भने त्यहाँको तस्वीर नै बदलियो । साउदी अरबमा सन् १९२२ देखि तेलको खोजी सुरु भएको थियो ।

कार्ल एश विटसेलले एकजना अमेरिकी नागरिक चाल्र्स क्रेनको सहयोगमा सन् १९३२ मा साउदी अरब आएर तेलको खोजमा सर्भेक्षण सुरु गरेका थिए ।

त्यसपछि सन् १९३५ देखि ड्रिलिङ सुरु भयो र सन् १९३८ मा पहिलोपटक तेलको उत्पादन सुरु भयो ।

त्यसपछि चाहिं साउदी अरबको तस्वीर बदलिन थाल्यो ।

-बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?