+
+

अपराजित रहँदै सेमिफाइनल खेल्न नेपाललाई साउदीको ७४ रनको लक्ष्य

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ५ गते १५:०२

५ वैशाख, काठमाडौं। साउदी अरबले एसीसी प्रिमियर कप २०२४ मा नेपाललाई ७४ रनको लक्ष्य दिएको छ । अलअमरेत क्रिकेट ग्राउण्ड २ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको साउदीले ८ ओभरमा ७ विकेट गुमाउँदै ७३ रन बनायो ।

साउदीका ओपनर अब्दुल वाहिदले १६ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ३७ बनाए । अन्य कुनैपनि साउदीका ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका करण केसीले २ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । अभिनाश बोहराले २ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । प्रतिश जि.सी र ललित राजवंशीले १–१ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?