+
+

प्रधानमन्त्रीको स्वदेश फिर्तीका लागि विमानस्थल बन्द

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ७ गते ८:५०

७ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेपाल आगमनका दौरान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको छ । दोहाबाट काठमाडौं आउँदै गरेका प्रधानमन्त्रीका लागि काठमाडौंस्थित विमानस्थलका उडान अवतरण आधा घन्टाका लागि रोकिएका छन् ।

प्रधानमन्त्री प्रचण्ड युगान्डा भ्रमण सकाई स्वदेश फर्कदै छन् । कतार एयरवेजको जहाजबाट बिहान ९ बजे प्रधानमन्त्री काठमाडौं अवतरण गर्ने तालिका छ ।

दोहाबाट आएको हिमालय एयरलाइन्सको एचआइएम ५६४ जहाज होल्ड गराई कतारको जहाजलाइ अवतरण गराउन लागिएको छ ।

भीभीआईपी उडानका कारण अहिले अन्य जहाजको उडान/अवतरण रोकिएको विमानस्थल स्रोतले जनाएको छ । कार्यालयले “नोटाम” जारी गरी यसबारे जानकारी गराउने गर्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?