 
																			७ माघ, रौतहट । भारतको अयोध्याको राम मन्दिरमा मंगलबार हुने प्राण प्रतिष्ठाको कार्यक्रमको अवसर पारेर रौतहटका विभिन्न स्थानहरुमा मासु तथा माछा बिक्रि वितरणमा रोक लगाएको छ ।
रौतहटको गौर नगरपालिका-५ मा रहेको नवनिर्मित भगवान रामको मन्दिरमा विधिपूर्वक प्राणप्रतिष्ठा गरी मूर्ति स्थापना हुने भएपछि एक दिनका लागि गौर नगरक्षेत्रमा कुनै पनि किसिमको पशुपंक्षीको मासु तथा माछा विक्रि वितरणमा रोक लगाएको नगरपालिकाका मेयर शम्भु साहले बताए ।
उनका अनुसार मंगलबार नवनिर्मित मन्दिरहरुका भगवान रामको प्राणप्रतिष्ठाको कार्यक्रम राखिएको छ भने उक्त दिन मदिराजन्य पदार्थको विक्रिमा पनि रोक लगाइएको हो ।
यसैगरी परोहा, इशनाथ नगरपालिका तथा यमुनामाई र दुर्गाभगवति गाँउपालिकाले ७ र ८ गते मासु, माछा तथा मदिरा विक्रि वितरणमा प्रतिबन्ध लगाएको छ । पालिकाले सूचना जारी गर्दै मासुका लागी कुनै पनि जनावरको वध गर्न निधेष गरिएको छ ।
अयोध्यामा हुने प्राण प्रतिष्ठाको अवसरमा रौतहटका विभिन्न स्थानहरुमा रहेका रामजानकीका मन्दिरहरुमा सरसफाई गरी श्रृगांरिएको छ ।
सदरमुकाम गौरमा रहेको निकै पुरानो राम मन्दिरलाई जिर्णोद्धार गरी नयाँ बनाइएपछि मंगलवार विधिपूर्वक मूर्ति स्थापना गर्ने कार्यक्रम रहेको छ ।
गौर नगरक्षेत्रका मुख्य सडकहरुलाई ध्वजा पताकाले सजाइएको छ भने घर-घरमा भगवान राम र हनुमानको झण्डा लगाइएको छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4