+
+
संवाद मिस सारासँग :

काठमाडौं टु म्यानह्याटन

सूर्यको पहिलो प्रकाशले टाइम्स स्क्वायरलाई हिर्काए झैं काठमाडौंमा पहिलो प्रकाश स्वयम्भूको सुनौलो गजुरमा पर्छ । अनि त्यही सुनौलो प्रकाश काठमाडौंका गल्लीहरूमा यत्रतत्र छरिन्छ । असन बजारका गल्लीहरूमा बिस्तारै व्यापारीहरूको पदचाप सुनिन्छ ।

सुबोध पौडेल सुबोध पौडेल
२०८० माघ ९ गते ८:११

बिहानको ठीक साढे पाँच बजे म्यानह्याटनको ट्रिनिटी चर्च अगाडि उभिएर मोबाइलको कल लग हेर्छु । शान्त छ मोबाइलको नोटिफिकेसन, म्यानहृयाटन जस्तै । मैले यसअघि न्युयोर्कलाई यति शान्त कहिल्यै देखेको थिइनँ । सधैं जीवनको अविरल लयसँगै धड्किरहेका न्युयोर्कका सडकहरू यतिबेला थोरै पैदलयात्रीलाई मात्र स्वागत गरिरहेका थिए । फाट्टफुट्ट केही गाडी र उबरको ट्याग भिरेका ट्याक्सीहरू भर्खरै आफ्नो दैनिकीको सुरुवात गर्दैछन् । मिस साराको अत्तोपत्तो छैन । न फोन, न त म्यासेज ! आफैं फोन गर्न सङ्कोच लाग्छ अनि हातको मोबाइललाई ज्याकेटको खल्तीभित्र छिराउँछु । चिसो छ न्युयोर्क । माघ महिनाको काठमाडौंभन्दा चिसो, धेरै चिसो ।

आज न्युजर्सीको एउटा हाइड्रोपावर प्रोजेक्टको फिल्ड भिजिटमा जाने मौका मिलेको छ । उसो त अमेरिकामा फिल्ड भिजिट मेरा लागि नौलो थिएन, तर मिस सारासँगको यो मेरो पहिलो भिजिट थियो ।

मिस सारा, अमेरिकाको प्रतिष्ठित इन्जिनियरिङ कम्पनीकी सिनियर कर्मचारी । मेरो सुपरभाइजर ! नेपालीमा भन्नुपर्दा मेरो हाकिम । पर… देखिइरहेको लिबर्टी प्लाजाको तेह्रौं तल्लामा आजभन्दा ठीक एक वर्षअघि मिस सारासँग मेरो पहिलो भेट भएको थियो ।

मलाई अझै याद छ, हात अघि बढाउँदै उनले मलाई सोधेकी थिइन्, ”तिमी कुन देशको रे ?” मैले उनीसँग हात मिलाउँदै छोटो उत्तर दिएको थिएँ, “नेपाल ।”

उनले फेरि सोधेकी थिइन्, “माउन्ट एभरेष्ट चढेका छौ ?” मैले किञ्चित हाँस्दै जवाफ दिएको थिएँ, “बेस क्याम्पसम्म चाहिं पुगेको छु ।”

नेपाल भन्नासाथ कि त माउन्ट एभरेष्ट कि गौतम बुद्धले स्टेरियोटाइप गरिनुपर्ने बाध्यता मेरा लागि नौलो थिएन । सगरमाथा र बुद्ध बाहिरको नेपाल यहाँका अधिकांश मान्छेले देखेका छैनन् । कतिपयलाई त नेपाल भन्ने देश चिनाउनका लागि सगरमाथा र बुद्धको सहायता लिनुपर्ने बाध्यता पनि मेरा लागि नौलो थिएन । तर मिस साराको सन्दर्भ अर्कै थियो ।

उनी नेपाल कहिल्यै गएकी छैनन्, न त यसअघि कुनै नेपालीसँग नै सङ्गत गरेकी छन् । सायद यसैले होला, नेपालबारे छिपछिपे मात्र जानकारी छ मिस सारासँग, त्यो पनि अरूले निर्माण गरिदिएको धारणामा आधारित । उनले नेपाल र नेपालीलाई बुझेकी छैनन् भन्ने कुरा थाहा पाउन मलाई धेरै महिना कुर्नु परेन ।

मिस साराको नेपालप्रतिको दृष्टिकोण मूर्त यथार्थ र जटिल रङ्ग-संयोजनले भरिन बाँकी रहेको रेखाचित्र जस्तो थियो । उनी त्यही रेखाचित्रभित्र साँघुरिएर नेपाललाई अस्थिर राजनीति अनि गरिबीले ग्रस्त विकट पहाडी मुलुक देख्ने गर्छिन् । नेपाललाई नजिकबाट अनुभव नगरेका आम अमेरिकीहरू नेपाललाई सुडान, कङ्गो र नाइजेरिया जस्तै दुर्भाग्यबाट गुज्रिरहेका अफ्रिकी मुलुकभन्दा भिन्न ठान्दैनन् सायद । कुनै विकसित देशको आधुनिक नागरिकले आफ्नो मस्तिष्कमा निर्माण गर्ने नेपालप्रतिको यो विम्बलाई अस्वाभाविक मान्न मिल्दैन ।

म नेपालप्रतिको मिस साराको यस अव्यक्त धारणासँग अनभिज्ञ छैन, तर उनले आफैं अनुभव नगरीकन नेपालबारेको पूर्वधारणा परिवर्तन गर्न कठिन छ भन्ने मैले बुझेको छु । त्यसैले मैले यसबारे उनीसँग बहस गर्नु जरूरी ठानिनँ । अझ भनौं बहस गर्ने मौकै मिलेको थिएन । उनको यो धारणाले व्यक्तिगत रूपमा तत्कालका लागि मलाई फाइदा नै भइरहेको भए पनि आज म उनको धारणालाई चुनौती दिने मूडमा छु र पूर्ण तयारीका साथ म्यानहृयाटन शहरको बीच सडकमा उनको गाडीको व्यग्र प्रतीक्षामा एकतमासले उभिइरहेको छु ।

बिहानको धुमिल उज्यालोमा हेडलाइट बाल्दै बैजनी रङको होन्डा पाइलट मेरो खुट्टैनेर आएर रोकियो । गाडीको सिसा थोरै उघार्दै मिस साराले मलाई भित्र आउने इशारा गरिन् । म मुखबाट तातो बाफ निकाल्दै गाडीतिर लम्किएँ । “धेरै बेर त कुर्नु परेन ?” मिस साराले पुलुक्क मतिर हेर्दै सोधिन् । मैले सिट बेल्ट कस्दै ढाँटिदिएँ, “होइन परेन ।” होन्डा पाइलट ट्रिनिटी स्ट्रिटमा युटर्न हानेर न्युजर्सीतर्फ सोझियो ।

तिमीलाई सायद थाहा छैन मिस सारा, हामी गरिब देशका धनी मान्छे हौं । तिमीले सोचे जस्तो लाटो र गरिब छैन नेपाल । हामी आफैं गरिब भएका होइनौं, अर्कोलाई धनी ठान्दाठान्दै गरिब भएका हामी । अरूले तिमी गरिब भन्दाभन्दै गरिब भएका हामी । तर के गर्नु ? तिम्रो देशमा पसिना बेच्न आएको मैले हामी धनी छौं भन्दा तिमीलाई हाँसो लाग्न सक्छ । तर हामी साँच्चै धनी छौं भन्ने कुरामा दुई तीन वर्ष अमेरिका बसेपछि मलाई झनै विश्वास लाग्न थालेको छ

विदेशीहरूको एउटा राम्रो बानी ! उनीहरू कसैसँग कुराकानी सुरु गर्दा उसको रुचि वा जानकारी रहेको विषयबाट उठान गर्छन् । सारामा पनि यस्तो प्रवृत्ति देखिनु स्वाभाविकै हो । मिस सारा मलाई प्रश्न गर्छिन्- “म सधैं सोच्ने गर्छु, बिहानीपखको काठमाडौं कस्तो हुँदो हो ?”

अत्यन्तै ठीक समयको सारै उचित प्रश्न । म सिटभन्दा तल खुट्टानेर झोला बिसाउँदै बिहानपख पशुपति अनि स्वयम्भूमा बज्ने घण्टी अनि दूध बेच्ने कान्छा दाइको साइकलको घण्टीको सिम्फोनी आफ्नो कानैमा महसुस गर्छु । कुहिरोले ढपक्क ढाकेको काठमाडौंको हावालाई बिस्तारै नाक भरिने गरी सुँघ्छु । अब त बिस्तारै बिस्तारै काठमाडौंमा कुहिरो लाग्न छाडिसकेको छ । तैपनि चिसो ओसमा प्रविष्ट धूप, अगरबत्ती अनि चिसो माटोको वासना म मिस सारालाई सुनाउँछु । उनी ध्वनि अनि वासनाका माध्यमबाट गरिएको बिहानपखको काठमाडौंको वर्णन सुनेर विस्मित हुन्छिन् ।

“अनि काठमाडौंका दिनहरू ? मलाई जहाँसम्म लाग्छ, तिमीले वर्णन गरेको ध्वनि बिस्तारै कोलाहलमा परिणत हुन्छ अनि वासना दुर्गन्धमा । कतै पढेकी थिएँ, काठमाडौं विश्वकै सबैभन्दा प्रदूषित शहरमध्ये एक हो ।”

मिस साराको भनाइ यसपालि अलि ठाडो थियो । नेपालप्रतिको उनको अव्यक्त धारणा यसरी यहाँ आएर जुगुप्साका रूपमा विस्फोट होला भनेर मैले कल्पना गरेको थिइनँ ।

लामो सास फेर्दै मैले भनें, “सूर्यको पहिलो प्रकाशले टाइम्स स्क्वायरलाई हिर्काए झैं काठमाडौंमा पहिलो प्रकाश स्वयम्भूको सुनौलो गजुरमा पर्छ । अनि त्यही सुनौलो प्रकाश काठमाडौंका गल्लीहरूमा यत्रतत्र छरिन्छ । असन बजारका गल्लीहरूमा बिस्तारै व्यापारीहरूको पदचाप सुनिन्छ । दरबारमार्ग नयाँ दिनका नयाँ पाहुनाहरूको स्वागतमा ठिङ्ग अडिन्छ । चिसो ठमेल पश्मिनाको बर्की ओढेर मुसुक्क मुस्कुराउँछ । टुँडिखेल नजिकै महाकाल शनिमन्दिर, सङ्कटा मन्दिर, गौशालादेखि पशुपतिनाथसम्म र रत्नपार्क वरिपरि मान्छेको चहलपहल सुरु हुन्छ । हरेक बिहान मन्दिरहरूमा लाम लाग्छ नेपाली शरीर ! हतारमा जिउँदा मान्छेका सङ्घर्षहरू बोकेर काठमाडौं दिनभरि सास फेरिरहन्छ । नेपालीहरूका दिन फगत खानु र पिउनुकै लागि झुल्किंदैनन् । यी समयका कालखण्ड मात्र होइनन्, विगत र भविष्यका ऊर्जाले सुशोभित कला अनि संस्कृति, रहनसहन र परम्परा, अनेक मान्छेका अनेक भेषभूषा, अनेकौं खानपिन अनि भिन्नभिन्न परिवेशका सङ्ग्रहालय हुन् । म्यानहृयाटनको अमेरिकन म्युजियम अफ न्याचुरल हिस्ट्री जस्तै काठमाडौं आफैंमा म्युजियममा राखिएको शहर जस्तै लाग्छ मलाई ।”

“तिमी जस्ता युवाहरूको दिन कसरी बित्ने गर्छ नेपालमा ? उनीहरू के सोच्छन् ? कस्तो जीवन भोग्छन् ?” मिस साराको प्रश्नले म सोचमग्न हुन्छु ।

“सोच्ने र जीवन बिताउने तरिका त संसारका सबै युवाको एउटै-एउटै हो मिस सारा ! सबैले खोज्ने सुख हो, आनन्द हो, सुरक्षा र समृद्धि हो । नेपाली युवाका लक्ष्य पनि यिनै हुन् । तर यी लक्ष्यको परिभाषा र त्यसलाई प्राप्त गर्ने तरिका भिन्न हुन्छ । हरेक युवाको सोचाइमा फरक पार्छ समाज र संस्कृतिले । हाम्रा लक्ष्य भनेका समाज र संस्कृतिबाट निःसृत सामूहिक अवचेतनहरू नै त हुन् ।

तिम्रो समाज र संस्कृतिबाटै निर्मित छ तिम्रो व्यक्तित्व अनि मेरो समाज र संस्कृतिबाट बनेको छ मेरो व्यक्तित्व । होइन त सारा ? तिमीलाई सायद थाहा छैन मिस सारा, हामी गरिब देशका धनी मान्छे हौं । तिमीले सोचे जस्तो लाटो र गरिब छैन नेपाल । हामी आफैं गरिब भएका होइनौं, अर्कोलाई धनी ठान्दाठान्दै गरिब भएका हामी । अरूले तिमी गरिब भन्दाभन्दै गरिब भएका हामी । तर के गर्नु ? तिम्रो देशमा पसिना बेच्न आएको मैले हामी धनी छौं भन्दा तिमीलाई हाँसो लाग्न सक्छ । तर हामी साँच्चै धनी छौं भन्ने कुरामा दुई तीन वर्ष अमेरिका बसेपछि मलाई झनै विश्वास लाग्न थालेको छ ।

विडम्बना नै मान्नुपर्छ सारा ! हामी केके कुरामा धनी छौं भन्ने कुरा तिमीले पढेर थाहा पाउँदिनौ ! यसलाई तिमी आफैंले अनुभव गर्नुपर्छ, त्यसैमा भिजेर आत्मसात् गरेर बुझ्नुपर्छ । हामी त राज्यभन्दा

समाज बलियो भएका देशका मान्छे हौं । एकचोटि नेपाललाई अनुभव गरिदेऊ न है ! ” म अलिक खुलेर जवाफ दिन्छु । सारालाई मेरो कुरामा सायद घत लाग्दैछ ।

सोध्छिन्- “अनि धनी समाजका तिमीहरू किन युरोप र अमेरिका धाइरहेको ? के खोज्न ?” मिस साराको प्रश्न बडो चोटिलो छ । एउटा यस्तो प्रश्न, जसको उत्तर म स्वयं आफैंभित्र खोजिरहेको छु । सारा यस्तो प्रश्न गरिरहेकी छन्, जुन सुन्दा मेरो मुटु निचोरिन्छ, तर यो नाजायज प्रश्न चाहिं होइन ।

नले लामो सुस्केरा तान्दै जवाफ दिइन्, “उमेर निकै भइसकेछ । आजसम्म अमेरिका बाहिर पुगेकी छैन । नेपाल गएर पाटनका प्राचीन गल्लीहरूमा चहार्ने मन छ, जहाँ एउटा सिङ्गो इतिहास मेरो पाइतालासँग सलबलाउँदै हिंडिरहोस् । हिमालको काखैमा पुग्ने मन छ, जहाँ सूर्यको पहिलो प्रकाशले मलाई हिर्काओस् अनि बल्ल बाँकी सारा धर्तीलाई ! म फर्केर मेरा छोराछोरीलाई तिम्रा दशैं अनि तिहारका कथा सुनाउनेछु, होलीको रङ्गले उनीहरूको गाला भरिदिनेछु

म साराको प्रश्नको चित्तबुझ्दो जवाफ दिन असमर्थ छु । फेरि पनि भन्छु- “अब अलि फरक हुँदै गएका छन् मान्यताहरू ! किनभने हाम्रो समाज र संस्कृति बदलिंदै गएको छ अब । नत्र त हरेक नेपाली युवा समाजसँगै हुर्किने गथ्र्यो । यो सामाजिकताले कहिलेकाहीं उसको प्रतिभा कुण्ठित पनि गराइदिन सक्छ, तर उसलाई म एक्लो छैन भन्ने आत्मविश्वास भरिदिन्थ्यो समाजले । तर के गछ्र्याै मिस सारा, अब बिस्तारै हाम्रो सुख, आनन्द, सुरक्षा र समृद्धिको परिभाषा बदलिंदै गएको छ । उत्तरआधुनिकताले खडा गर्दै गरेको नयाँ संस्कृति र देशमा व्याप्त दिशाहीन अस्थिरताको सिकार बनेका छौं हामी युवाहरू ! त्यसैले तिमीकहाँ, मृगतृष्णा नै भए पनि सुख, आनन्द र सुरक्षाको खोजीमा धाइरहेका छौं हामी ।”

भौतिक प्रगतिको चरमचुलीमा पुगेको देशकी नागरिक हो मिस सारा ! उसले अब चाख्नुपर्ने र भोग्नुपर्ने कुनै कुरा बाँकी छ भने नेपाल जस्तै पुरानो सभ्यताको नैसर्गिक स्वाद मात्रै अवशिष्ट छ । तर हिजो बागमतीको किनारै किनार चहार्दै गरेको म जस्तो युवालाई गाडीको सिसाबाट हडसन नदीको परिवेश नियाल्दै तिर्खा मेट्नु छ । अनन्त छन् यस्ता तिर्खाहरू ! अमेरिका र युरोप फगत पँधेरा हुन् हाम्रा लागि- जीवनका अतृप्त तिर्खाहरू मेट्ने । तर म सारासँग यस्तो नाङ्गो यथार्थ किमार्थ प्रकट गर्न चाहन्नँ ।

म हिजोको आफूलाई सम्झिन्छु । आफूले हिंडेका बाटाहरू सम्झन्छु, खेलेका चौरहरू सम्झिन्छु र आफूसँगै बोकेका कथाहरूको यादमा मग्न हुन्छु ।

म एकोहोरो बोलिरहन्छु- “माउन्ट एभरेष्ट चढ्दै गरेको यात्री जस्तै छ नेपाली युवाहरूको कथा । चिप्लिंदै, लड्दै अनि कतै समाएर फेरि उभिंदै, एकतमासले आफ्नो गन्तव्यतिर हिंडिरहेका छन् । इतिहासको एउटा कालखण्ड जस्तो लाग्ने देशमा बिहानीपख युवाहरू जुरुक्क उठ्छन्, तर उठेर उनीहरूले गर्नुपर्ने सङ्घर्ष आधुनिक समयको परिबन्दबाट परिचालित छ । देश अनि आफ्नो भविष्यको चिन्ता छँदैछ । भित्र एउटा ज्वाला बोकेर हिंडिरहन्छन् गन्तव्यतर्फ । त्यस्तो ज्वाला- जुन परिवार, आफन्त, समाज अनि भाइचाराका माध्यमबाट प्रज्ज्वलित छ । कोही विदेशिन्छन् मजस्तै, तर आफ्नो जन्मभूमिको स्मृति, परिवारको याद, सम्बन्धहरू अनि मूल्यहरूको मोजाइक छातीभरि टाँसेर ।

मिस सारा ! नेपाली युवाको कमजोरी भनौं कि स्वाभिमान भनौं, ऊ आफ्नो समाजको मनोविज्ञानबाट पर जानै सक्दैन । नेपाली युवाहरू युगलाई जोड्ने पुल हुन्, जोसँग पुर्खाहरूले सिकाएको प्राचीन दर्शन छ अनि आधुनिक विश्वबजारको ज्ञान पनि ।”

“तिमीले पश्चिमको दर्शन अनि पूर्वीय दर्शनमा के फरक पायौ ?” दर्शन शब्द सुन्नेबित्तिकै मिस साराले कुराकानीलाई त्यतैतर्फ मोडिन् । मैले मार्भलका केही सुपरहिरो फिल्मका उदाहरण दिंदै मिस सारालाई बुझाउन खोजें, “पश्चिमको दर्शन वस्तुमा केन्दि्रत छ, जस्तै केही सिनेमामा देखाए जस्तै औंठी अनि रत्नबाट प्राप्त भएको दैवीशक्ति । तर पूर्वीय दर्शनमा त्यस्तो वस्तुबाट शक्ति अनि मोक्ष प्राप्त हुँदैन । पूर्वीय दर्शनले तपस्यामा जोड दिन्छ, योग अनि ब्रहृमचर्यको महिमा गाउँछ । पश्चिमी दर्शन न्युयोर्क शहरको ग्रीडजस्तै योजनाबद्ध अनि व्यक्तिवादी सफलतामा जोड दिन्छ भने पूर्वीय दर्शनले अन्तर्मनको खोज अनि यात्रामा जोड दिन्छ । दुवैको आफ्नै विशेषता छ, ठ्याक्कै न्युयोर्कका व्यस्त सडकहरू र पाटनका शान्त आँगनहरू जस्तै । यही हो, काठमाडौं र म्यानहृयाटन बीचको दूरी ! ” मैले जानी नजानी व्याख्या गरें । त्यसो त दर्शनको त्यति ठूलो ज्ञाता कहाँ हुँ र म ?

साँघुरो न्युयोर्क शहर छुटेर फराकिलो न्युजर्सीको इन्टरस्टेट हाइवे ८० मा होन्डा पाइलट ८० माइल प्रतिघण्टाको वेगमा कुदिरहेको थियो । त्यस्तै वेगमा आइरहेका थिए, मिस साराका प्रश्नहरू पनि ।
“अनि यी दर्शनहरूका बीच नेपाली समाज र परिवारलाई यहाँको समाज अनि परिवारसँग कसरी दाँज्ने गर्छौ ?” मिस साराको अर्को प्रश्न ।

मैले मिस सारातर्फ हेर्दै जवाफ दिएँ, “सामाजिक मूल्य, मान्यता अनि सौहार्दतामा नेपाल अमेरिकाभन्दा कैयौं गुणा धनी छ जस्तो लाग्छ मलाई । यहाँ एउटा परिवारभित्र सीमित रहेर बुवा-आमाले आफ्नो बालबच्चालाई दिने ज्ञानको म खुलेर प्रशंसा गर्छु । उच्च व्यावहारिक ज्ञानका कारण यहाँका बालबच्चाहरू नेपाली बालबच्चाभन्दा आधुनिक, निडर अनि सिपालु हुन्छन् तर उनीहरूमा स्वभावतः व्यक्तिवादी भावना पन्पिंदै जान्छ । उनीहरू आफ्ना बाबु-आमा बाहेक अरू कसैलाई चिन्न खोज्दैनन्, घुलमिल हुन मन पराउँदैनन् । तर नेपाल समाजको अन्तरक्रियाबाट चल्ने गर्छ । नेपाल देश नभएर सानो गाउँजस्तो लाग्छ मलाई, सबैले एकअर्कालाई चिने जस्तो, सबैले सबैलाई भेटे जस्तो । नेपालीहरू अर्थशास्त्रको परिभाषामा गरिब भए पनि दुःखी छैनन्, सानो-सानो कुरामा रमाउन जानेका छन् । आधुनिक शहरका आधुनिक रोगहरू नेपालका परिवारहरूमा फैलिएका छैनन् । एउटा भूभागमा घटेको घटना देशभरिका सबैलाई थाहा हुन्छ । चियापसलमा, चौतारीमा वा चिसोमा बाहिर जम्मा भएर आगो ताप्दै गरेको कुनै समूहमा त्यसकै चर्चा हुन्छ । त्यहाँ परिवारसँगै हुने अनि एउटै छानोमुनि रमाउने उपाय खोज्छन् भने यहाँ सकेसम्म चाँडै छुटि्टने अनि स्वतन्त्र हुने उपाय !” थाहा छैन, मिस साराले मेरो व्याख्यान कत्तिको बुझिन् ।

गाडीको झ्यालबाट सूर्यास्तको मनमोहक दृश्य देखियो । म देख्दैछु, न्यूजर्सीको रेलमार्गलाई पछ्याउँदै एक हूल चराहरू पूर्वतर्फ एकनासले उड्दै छन् । शायद फर्कदै होलान् आफ्नै घरतिर !

मिस सारालाई मैले नेपालको विविधता बारेमा पनि सुनाएँ । सानो देश भएर पनि तराई, पहाड अनि हिमालमा फैलिएको सांस्कृतिक र सामाजिक विविधताबारे बताएँ । तराईको उर्वर भूमि, यहाँका छठ र होलीको रङ्गीन बयान गरें मैले । थारू संस्कृतिको जानकारी दिएँ । पहाडका प्राचीन वास्तुकला, इन्द्रजात्रा, बिस्केट जात्रा, लाखे नाच, दशैं अनि तिहारहरूबारे सुनाएँ र सँगै मोबाइलको ग्यालरीमा रहेका नेपालका चाडपर्वका फोटाहरू पनि देखाएँ । हिमालका शेर्पा अनि तिब्बती रहनसहनबारे मिस सारालाई पनि केही जानकारी रहेछ ।

मैले त्यसैमा ल्होसार, रिम्दु जस्ता चाडपर्वहरू, घाटु, साकेला अनि सोरठी नृत्यहरूबारे जानकारी दिएँ । सम्म र कालोपत्रे बाटोमा हिंडिरहेकी मिस सारालाई मैले एकैछिन लालीगुराँसका जङ्गलहरूमा छिराएँ, अल्पाइन घाँसे मैदानमा हिंडाएँ अनि उकालो बाटो गरेर नीलो अनि खुला आकाशमुनि रहेको गोक्यो हिमतालसम्म पुर्‍याएँ ।

फिल्ड पुग्दासम्म मैले नेपालको बारेमा भ्याएजति सबै बताएँ । उनले सुनेको नेपालको चित्रणलाई मैले देखेको अनि भोगेको नेपालको तस्बिरको आवरणले जलप लगाइदिएँ । थाहा छैन, मेरो जलपले उनको मानसपटलमा नेपाल नाम गरेको चित्रको कस्तो आकार बनायो ?

फिल्डमा काम गरुञ्जेल उनीसँग खासै कुरा भएन । उनी टनेलको सुपरभिजनका निम्ति एउटा टोलीसँग अगाडि लागिन् । म ड्याम सेफ्टीअन्तर्गत ड्यामको परिधिमा भएका पिजियोमिटरको रिडिङ्ग टिप्न थालें ।

फर्ककने बेला बाटोमा मिस साराले मसँग एउटै मात्र प्रश्न गरिन्, “मलाई नेपाल कहिले लिएर जान्छौ ?” मैले अचम्म परेर उनलाई हेर्दै सोधें, “म त अहिले यही गाडी घुमाएर जाऊँ भने पनि तयार छु । बरु तपाईं नेपाल गएर के गर्ने सोच्नुभएको छ ?”

उनले लामो सुस्केरा तान्दै जवाफ दिइन्, “उमेर निकै भइसकेछ । आजसम्म अमेरिका बाहिर पुगेकी छैन । नेपाल गएर पाटनका प्राचीन गल्लीहरूमा चहार्ने मन छ, जहाँ एउटा सिङ्गो इतिहास मेरो पाइतालासँग सलबलाउँदै हिंडिरहोस् । हिमालको काखैमा पुग्ने मन छ, जहाँ सूर्यको पहिलो प्रकाशले मलाई हिर्काओस् अनि बल्ल बाँकी सारा धर्तीलाई ! म फर्केर मेरा छोराछोरीलाई तिम्रा दशैं अनि तिहारका कथा सुनाउनेछु, होलीको रङ्गले उनीहरूको गाला भरिदिनेछु । म तिम्रा मन्दिर अनि गुम्बाका ढुङ्गाहरूलाई छोएर महसुस गर्न चाहन्छु । तिमीले बताएका धर्म, संस्कृति अनि विश्वासरूपी खोलाहरू कसरी जीवनको नदीसँग समाहित हुने रहेछन्, म किनारमै टुसुक्क बसेर नियाल्न चाहन्छु । म एउटा तीर्थयात्रामा निस्कन चाहन्छु, के मलाई तिमी आफ्ना धामहरू घुमाउँदैनौ ?”

लाग्यो, मिस साराका शब्दहरूले केवल एक भौतिक यात्राका बारेमा होइन, सम्बन्ध अनि अस्तित्वको गहिराइ खोजी गर्ने एक गहन दार्शनिक चिन्तनको पक्षपोषण गरिरहेका छन् । यही प्रशंसनीय दृष्टि छ पश्चिमाहरूमा । उनीहरू हरेक कुरालाई गम्भीरतापूर्वक लिन्छन् र त्यसको गहिराइमै गोता लगाउन खोज्छन् । म मिस सारासँगै पश्चिमाहरूको संवेदनशील मनलाई प्रणाम गर्छु ।

गाडीको झ्यालबाट सूर्यास्तको मनमोहक दृश्य देखियो । म देख्दैछु, न्यूजर्सीको रेलमार्गलाई पछ्याउँदै एक हूल चराहरू पूर्वतर्फ एकनासले उड्दै छन् । शायद फर्कदै होलान् आफ्नै घरतिर !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?