+
+

अमेरिकामा रेखा थापा दम्पतीले गरे ‘बेबी सावर’ (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ९ गते ११:४७

काठमाडौं । सन्तानलाई स्वागतको तयारीमा रहेका रेखा थापा दम्पतीले अमेरिकामा ‘बेबी सावर’ गरेका छन् । कोलोराडो स्प्रिङ्समा शनिबार अभिनेत्री थापा र श्रीमान् बलराम शाही ठकुरीले ‘बेबी सावर’को आयोजना गरे ।

रेखाले सामाजिक सञ्जालमार्फत ‘बेबी सावर’को तस्वीर र भिडियो सेयर गरेकी छन् । रेखाले ‘बेबी बम्प’सहितको फोटोसुट पनि गराएकी छन् । उनले आगामी सन्तानलाई भगवानको उपहार भएको बताएकी छन् ।

सन्तानको उपहार त भइहाल्यो, फागुन २५ मा रेखाले निर्माण र अभिनय गरेको फिल्म ‘उपहार’ पनि प्रदर्शन तयारीमा छ । उनले अमेरिकाबाटै फिल्मको भर्चुअल प्रचारप्रसार गरिरहेकी छन् ।

उक्त बेबी सावर जमघटमा अमेरिकास्थित रेखा थापाको परिवार र आफन्त सहभागी थिए । उनका श्रीमान् बलरामको परिवार नै अमेरिकामा छ । त्यस अवसरमा रेखा दम्पतीले केक काटेर खुसी साटे ।

सन्तान जन्माउन रेखा यतिबेला अमेरिकामा छिन् । चिकित्सकले उनलाई माघ अन्तिम वा फागुनको डेलिभरी मिति दिएका छन् ।

तस्वीरहरु : रेखा थापाको इन्स्टाग्रामबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?