+
+

प्रधानमन्त्री कपमा कर्णालीको तेस्रो जित, कोशीको सातौं हार

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ९ गते १४:२८

९ माघ, काठमाडौं । प्रधानमनत्री कप क्रिकेटमा कर्णाली प्रदेशले तेस्रो जित हात पारेको छ । त्यस क्रममा कर्णालीले कोशी प्रदेशलाई ६ विकेटले हराएको छ ।

जारी प्रतियोगितामा कोशीको यो लगातार सातौं हार हो । १० टिम सहभागी प्रतियोगितामा कोशीले अहिलेसम्म कुनै पनि खेल जित्न सकेको छैन ।

मूलपानी क्रिकेट मैदानमा जितका लागि पाएको १५२ रनको सामान्य लक्ष्य कर्णालीले २८.३ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । कर्णालीलाई जिताउन विकेटकिपर ब्याटर अर्जुन घर्तीले नट आउट अर्धशतकको पारी खेले । ५० रनमा नट आउट रहेका उनले ६ चौका र २ छक्का हाने ।

यस्तै विपिन शाही २८ रनमा आउट भए भने हिमांशु शाही २४ रनमा नट आउट रहे ।

कोशीका हेमन्त राईले ३ र कमल खत्रीले १ विकेट लिए ।

यसअघि पहिला ब्याटिङ गरेको कोशीले ३४.३ ओभरमा १५१ रनमा अल आउट भएको थियो ।

कोशीका लागि सुजन थपलियाले ७३ रनको शानदार पारी खेले पनि अर्को छेउबाट उनलाई अरु खेलाडीले गतिलो साथ दिन सकेनन् । नवौं नम्बरमा ब्याटिङमा आएका सुजन घिमिरेले १२ रन बनाए ।

कर्णालीका दिनेश अधिकारीले ४, प्रकाश जैशीले ३ तथा दिवान पुनले २ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?