+
+

‘आर्टिफिसियल इन्टिलिजेन्स’ कोर्स अब ब्रिटिस कलेजमा

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ९ गते १६:५६

काठमाडौ‌ं । द ब्रिटिस कलेज (टीबीसी)ले नयाँ शैक्षिक कार्यक्रम बीएससी (अनर्स) कम्प्युटर साइन्स (आर्टिफिसियल इन्टिलिजेन्स) सुरु गरेको छ ।

ब्रिटिस एजुकेसन ग्रुप अन्तर्गतको ब्रिटिस कलेजले शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै नयाँ पाठ्यक्रमको औपचारिक सुरुवात गरेको हो ।

‘युनिभर्सिटी अफ द वेस्ट अफ इंग्ल्यान्ड’, यूकेसँगको साझेदारीमा सञ्चालित यस विषयलाई बेलायतको इन्जिनियरिङ काउन्सिल र ब्रिटिस कम्प्युटर सोसाइटीले पनि मान्यता दिएको छ ।

फिनटेक अलायन्स नेपालको सहकार्यमा भएको उद्घाटन समारोहमा नेपालका लागि बेलायती राजदूत रोब फेनका साथै उद्योगी/व्यवसायी लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो । औपचारिक कार्यक्रमसँगै प्यानल छलफल समेत भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टले डिजिटल वालेटको युगबारे आफ्ना भनाइहरू राखेका थिए । त्यसपछि भएको प्यानल छलफलमा नेपालमा लोकप्रिय डिजिटल वालेट प्लेटर्फमहरु– ई–सेवा, खल्ती र आईएमई पेका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा फिनटेक अलायन्सका अध्यक्ष सञ्जीव सुब्बाले डिजिटल वालेटको भविष्यमा आर्टिफिसियल इन्टिलिजेन्स कसरी महत्त्वपूर्ण छ भन्नेबारेमा आफ्ना भनाइहरू राखे । उनले कसरी एआईले फिनटेकमा ठूला परिवर्तन ल्याउन सक्छ, र यसका सम्भावनाबारे पनि जानकारी दिए ।

सुब्बाले आइटिको क्षेत्रमा सिङ्‍गो देशलाई रूपान्तरण गर्ने अन्तर्राष्ट्रिय मान्यता प्राप्त युकेका विश्वविध्यालयका कार्यक्रमहरू नेपालमा ल्याएकोमा ब्रिटिस कलेजलाई धन्यवाद दिए ।

नेपालका लागि बेलायती राजदूत रोब फेनले नेपालमा डिजिटल लगानीको बारेमा महत्वपूर्ण धारणा राखेका थिए ।

उनले भने, ‘यूके र नेपालबीच बलियो सम्बन्धलाई सुदृढ गर्दै यस अग्रगामी कार्यक्रमको सुरुवात भएको देख्न पाउँदा म निकै खुसी छु । ब्रिटिस कलेज र युनिभर्सिटी अफ वेस्ट अफ इंग्ल्यान्डबीचको सहकार्यले शिक्षा र नवप्रवर्तनलाई बढवा दिने हाम्रो प्रतिबद्धतालाई अझै झल्काएको छ ।’

त्यस्तै, ब्रिटिस कलेजका डेपुटी प्रिन्सिपल डा. प्याट्रिक म्याकक्रडनले नयाँ प्रतिभालाई सही आकार दिनमा सधैं ध्यान केन्द्रित गरिएको बताए ।

विश्वभरका उद्योगहरूले एआई प्लेटर्फमहरु अंगाल्न थालेको अवस्थामा यस पाठ्यक्रमले दक्ष जनशक्तिहरूको आवश्यकतालाई सम्बोधन गर्ने उनको भनाइ थियो । विद्यार्थीहरूलाई चौथो औद्योगिक क्रान्तिमा नेतृत्व लिन तयार पार्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?