+
+

३ जना असइसहित २४ प्रहरी सम्पर्कविहीन, हाजिर हुन ताकेता

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १० गते ८:४३

१० माघ, काठमाडौं । नेपाल प्रहरीका विभिन्न पोष्टमा कार्यरत २४ जना कर्मचारी सम्पर्कविहीन भएका छन् ।

लामो समयदेखि हाजिर नभएपछि प्रहरी प्रधान कार्यालयले सम्पर्कमा आउन ताकेता गरेको छ ।

सम्पर्कविहीन हुनेहरूमा तीन जना सहायक निरीक्षक (असइ), २ जना सहायक हवल्दार र बाँकी जवानहरू रहेका छन् ।

प्रहरी प्रधान कार्यालयले हाजिरी हुन ताकेता गरेकाहरू भदौदेखि नै सम्पर्कमा नरहेकासम्म छन् । सल्यानका विनोद बिक गत भदौ २४ गतेदेखि नै हाजिरी भएका छैनन् ।

गैरहाजिर भएका २४ जनालाई नै सात दिनभित्र स्पष्टीकरणसहित सम्पर्कमा आउन भनिएको छ । यो अवधिमा नआए सेवाबाट हटाउने प्रक्रिया सुरु हुने प्रहरी प्रधान कार्यालयले सूचित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?