+
+

कोशीको लगातार आठौं हार, सुदूर दोस्रो स्थानमा

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १० गते १३:५१

१० माघ, काठमाडौं । कोशी प्रदेश प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार आठौं खेलमा पराजित भएको छ ।

कोशी बुधबार सुदूरपश्चिम प्रदेशसँग ८ विकेटले पराजित हुँदै लगातार आठौं हार बेहोरेको हो । यो जितले सुदूर भने दोस्रो स्थानमा उक्लिएको छ ।

जितको लागि १२४ रनको मध्यम लक्ष्य पछ्याएको सुदूरले २१.१ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो । सुदूरको जितमा नरेन भट्ट ४९ बलमा ७ चौकासहित ५४ रनमा नट आउट रहे ।

प्रकाश पाण्डे ४२ बलमा १ चौकासहित ३४ रनमा नट आउट रहे । राजु रिजाल २१ र खडक बोहरा ९ रन बनाए ।

कोशीका फिर्दोस अन्सारीले २ विकेट लिए ।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको कोशी ३२ ओभरमा १२३ रनमा अल आउट भएको थियो ।

कोशीका मिनाष थापाले ३७ बलमा ५ चौकासहित सर्वाधिक २६ रन बनाएका थिए । कप्तान अंकित सुवेदी २७ बलमा ३ चौकासहित २२ रन बनाए ।

ओपनर समिर कार्की ४ रनमै रन आउट भएका थिए । दोस्रो विकेटका लागि अंकित र मिनाषले ३६ रनको साझेदारी गर्दा ६०–१ को अवस्थामा थियो ।

आग्रीको बलमा मिनाष गल्लीमा खराब सट खेल्दै आउट भएपछि लगातार विकेट गुमाएको थियो ।

सुजन थपलिया ३ र सोनु अन्सारी ९ रनमा आउट भए ।

शीर्ष चार विकेट विकाशले लिएका थिए । त्यसपछि शेर मल्लले कोशीको मध्यक्रम ध्वस्त पारे । सुभन गहतराज ५ र फिर्दो अन्सारी १३ रनमा मल्लको बलमा बोल्ड आउट भए ।

त्यसपछि मल्लले भुपाल लुइँटेल १ र अभ्यास तिमिशिना ५ रनमा मल्लको बलमै बोल्ड भएका थिए । कमल खत्री ८ बलमा ३ छक्कासहित १८ रनमा क्याच आउट भए ।

सुदूरका शेर मल्लले ६ ओभरमा १ मेडनसहित २८ रन खर्चेर ५ विकेट लिए । विकाश आग्रीले ७ ओभरमा १ मेडनसहित ९ रन खर्चेर ४ विकेट लिए ।

कोशी ८ खेलमा जित विहीन हुँदै पुछारमा छ । सुदूर ५ खेलमा ४ मा जित र १ मा हारसहित ८ अंकका साथ दोस्रो स्थानमा छ । कोशीले अन्तिम खेल मंगलबार लुम्बिनीसँग खेल्नेछ । सुदूरले भोलि बागमतीसँग मूलपानीमा खेल्नेछ ।

पुलिस ५ खेलमा १० अंकका साथ शीर्ष स्थानमा छ । ७ खेलमा बागमती र मधेशको ८-८ अंक भए पनि नेटरनरेटको कारण तेस्रो र चौथो स्थानमा छन् ।

७ प्रदेश र तीन विभागीय टोली गरि १० टोलीबीच राउन्ड रोविनको आधारमा प्रतिस्पर्धा हुनेछ । शीर्ष दुई टोली फाइनल खेलनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?