+
+

गुगलमा आउँदैछ गज्जबको फिचर, बोलेरै इमेल लेख्न सकिने

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ११ गते १३:११

यदि तपाइँ जिमेल प्रयोगकर्ता हुनुहुन्छ भने खुसीको खबर छ । गुगलको सबैभन्दा लोकप्रिय इमेल सर्भिस जिमेलले छिटै नै एक नयाँ एआई फिचर थप गर्दैछ ।

यो फिचरसँगै तपाईंले अब जिमेलमा इमेल लेख्नका लागि औंलालाई दु:ख दिनु पर्दैन । तपाईंले बोलेकै भरमा इमेल लेखिनेछ ।

स्मरण रहोस् गुगलले गत वर्षको आफ्नो डेभलपर्स कन्फ्रेन्समा Help Me Write नामक फिचर लञ्च गरेको थियो । गुगलको यो फिचरले सेकेण्डभरमा इमेलको ड्राफ्ट तयार गर्न सक्दछ । यसका लागि गुगलले एडभान्स्ड मेसिन लर्निङ एल्गोरिदमको प्रयोग गर्दछ ।

नयाँ फिचरका विषयमा गुगलले आफ्नो ब्लगमा उल्लेख गरेअनुसार प्रयोगकर्ताले केवल एउटा कमान्ड मात्रै दिनुपर्नेछ र त्यसपछि इमेल ड्राफ्ट तयार हुनेछ । त्यसपछि आफ्नो सुविधा र आवश्यकता अनुसार त्यसलाई सम्पादन गरेर पठाउन सकिनेछ ।

एन्ड्रोइड पुलिसको एक रिपोर्ट अनुसार प्रयोगकर्ताले छिटै नै भ्वाइस कमान्ड दिएर जिमेल लेख्न सक्नेछन् । यो नयाँ फिचर सुरुमा मोबाइल प्रयोगकर्ताका लागि मात्र उपलब्ध हुनेछ र पछि वेब भर्सनमा पनि लगिनेछ ।

नयाँ अपडेटसँगै जिमेल एपमा compose mail बिटनसँगै एउटा ठूलो माइक बटन पनि देखिनेछ । सोही बटनमा ट्याप गरेर आफुले लेख्न चाहेको इमेल वाचन गर्नुपर्नेछ । अनि तपाईंले बोले अनुसारको लिखित ड्राफ्ट जिमेलमा तयार हुनेछ ।

जिमेलको यो नयाँ फिचर पहिलोपटक गत अक्टोबरमा परीक्षणका क्रममा देखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?