+
+

इंग्ल्यान्ड पहिलो दिन नै अल आउट, भारत खेलमा हाबी

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ११ गते १७:५६

११ माघ, काठमाडौं । घरेलु टोली भारतले पहिलो टेस्ट क्रिकेटमा इंग्ल्यान्डलाई पहिलो दिन नै अल आउट गरेको छ ।

हैदराबादमा टस जितेर पहिला ब्याटिङ रोजेको इंग्ल्यान्ड २४६ रनमा अल आउट भयो ।

इंग्ल्यान्डका कप्तान बेन स्टोक्सले ८८ बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक ७० रन बनाए ।

इंग्ल्यान्डका शीर्षक्रमका सबै ब्याटरले राम्रो सुरुवात पाएपनि त्यसलाई ठूलो इनिङमा परिणत गर्न सकेनन् ।

ओपनर ज्याक क्रली २०, बेन डकेट ३५, ओली पोप १, जो रुट २९, जोनी बेयरस्टो ३७, बेन फोक्स ४, रेहान अहमद १३ र टम हर्टली २३ रनमा आउट भए ।

भारतका प्रमुख दुई स्पिनर रविन्द्र जडेजा र रविचन्द्रन आश्विनले ३–३ विकेट लिए । त्यस्तै अक्षर पटेल २ र तीव्र गतिका बलर जस्प्रित बुमराहले पनि २ विकेट लिए ।

भारत पहिलो दिनको समाप्तिमा ११९–१ को अवस्थामा छ । समग्रमा पहिलो दिन भारत १३७ रनले पछि छ ।

भारतका यशस्वी जैसवाल ७० बलमा ९ चौका र ३ छक्कासहित ७६ रनमा नट आउट छन् । शुभमन गिल १४ रनमा नट आउट छन् । रोहित शर्मा २४ रनमा आउट भए । भारत र इंग्ल्यान्डबीच पाँच टेस्ट खेलको सिरिज हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?