+
+

ओली र हार्टलीको शानदार प्रदर्शनमा इंग्ल्यान्डले भारतलाई हरायो

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १४ गते १८:१३

१४ माघ, काठमाडौं ।  युवा ब्याटर ओली पोपको शानदार ब्याटिङ र स्पिनर टम हार्टलीको घातक बलिङमा इंग्ल्यान्डले पहिलो टेस्ट क्रिकेटमा घरेलु टोली भारतलाई २८ रनले हराएको छ । योसँगै पाँच खेलको सिरिजमा इंग्ल्यान्डले १–० को अग्रता लिएको छ ।

पहिलो इनिङमा भारतले १९० रनको विशाल अग्रता लिए पनि ओली र हार्टलीले शानदार प्रदर्शन गर्दै भारतलाई स्तब्ध पारेका हुन् ।

जितको लागि २३१ रनको विजयी लक्ष्य पछ्याएको भारत चौथो दिन खेलको अन्तिम समयमा २०२ रनमा अल आउट भयो । इंग्ल्यान्डका स्पिनर टम हार्टलीले एक्लै ७ विकेट लिँदै हार नजिकबाट खेल जिताएका हुन् ।

भारतका कप्तान रोहित शर्मा ३९, यशस्वी जैसवाल १५, शुभमन गिल डक, लोकेश राहुल २२, अक्षर पटेल १७, श्रेयस ऐर १३, श्रिकर भरत र रविचन्द्रन आश्विन २८–२८ रनमा आउट भए ।

इंग्ल्यान्डका टम हार्टलीले २६.२ ओभरमा ५ मेडनसहित ६२ रन खर्चेर ७ विकेट लिए । जो रुट र ज्याक लेचले १–१ विकेट लिए ।

इंग्ल्यान्ड दोस्रो इनिङमा ४२० रनमा अल आउट भएको थियो । तर पहिलो इनिङमा १९० रनले पछि परेको हुँदा समग्रमा खेलमा २३१ रनको लक्ष्य दिएको थियो ।

इंग्ल्यान्डका युवा ब्याटर ओली पोपले २७८ बलमा २१ चौकासहित सर्वाधिक १९६ रनमा आउट भए ।

उनी अन्तिम विकेटको रुपमा जस्प्रित बुमराहको बलमा बोल्ड भएपछि दोहोरो शतक पूरा गर्न चार रनले चुकेका थिए । पोप बाहेक अन्य ब्याटरको प्रदर्शन भने राम्रो हुन सकेन ।

भारतका जस्प्रित बुमराहले ४, रविचन्द्रन आश्विनले ३ र रविन्द्र जडेजाले २ विकेट लिए ।

त्यसअघि भारत पहिलो इनिङमा ४३६ रनमा अल आउट भएको थियो । भारतले पहिलो इनिङमा १९० रनको विशाल अग्रता लिएको थियो । भारतका तीन खेलाडी शतक नजिक पुगेर आउट भएका थिए । ओपनर यशस्वी जैसवाल ७४ बलमा १० चौका र ३ छक्कासहित ८० रनमा जो रुटको बलमा कट एण्ड बोल्ड आउट भए । लोकेश राहुल १२३ बलमा ८ चौका र २ छक्कासहित ८६ रनमा क्याच आउट भए ।

रविन्द्र जडेजा १८० बलमा ७ चौका र २ छक्कासहित ८७ रनमा रुटको बलमा एलबीडब्लू धरापमा परे । इंग्ल्यान्डका जो रुटले सर्वाधिक ४ विकेट लिए । रेहान अहमद र टम हाट्र्लीले २–२ विकेट लिए ।

त्यसअघि पहिलो इनिङमा इंग्ल्यान्ड हैदराबादमा टस जितेर पहिला ब्याटिङ गर्दै २४६ रनमा अल आउट भएको थियो । इंग्ल्यान्डका बेन स्टोक्सले ८८ बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक ७० रन बनाएका थिए । भारतका रविन्द्र जडेजा र रविचन्द्रन आश्विनले ३–३ विकेट लिएका थिए । जस्प्रित बुमराह र अक्षर पटेलले २–२ विकेट लिए । दोस्रो टेस्ट २ फेब्रुअरीमा सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?