+
+

इंग्ल्याण्डविरुद्ध भारतले २२९ रन बनायो

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १२ गते १८:३६

१२ कात्तिक, काठमाडौं । विश्वकप क्रिकेटमा भारतले इंग्ल्याण्डविरुद्ध २२९ रन बनाएको छ । लखनउमा पहिला ब्याटिङ गरेको भारतले ५० ‌ओभरमा ९ विकेट गुमाउँदै २२९ रन बनाएको हो ।

जारी विश्वकपमा अपराजित रहेको भारतले पहिलो पल्ट पहिला ब्याटिङ गरेको हो र यो उसको सबैभन्दा कमजोर ब्याटिङ प्रदर्शन हो । यसअघिका पाँचै खेलमा दोस्रो ब्याटिङ गरेर भारतले लक्ष्य भेट्टाएको थियो ।

इंग्ल्याण्डविरुद्धको खेलमा टिमको स्कोर २६ रन हुँदा ओपनर शुभमन गिल व्यक्तिगत ९ रनमा आउट भए पनि अर्का ओपनर रोहित शर्माले भारतको पाली सम्हालेका थिए । उनले ८७ रन बनाए ।

रोहितले चौथो विकेटका लागि केएल राहुलसँग ९१ र पाँचौँ विकेटका लागि सूर्यकुमार यादवसँग ३३ रनको साझेदारी गरे ।

केएल राहुलले ३९ रन बनाए भने सूर्यकुमार यादव अर्धशतक पूरा गर्नबाट १ रनले चुके । यादवले आठौं विकटका लागि जसप्रित बुमराहसँग ३० रनको साझेदारी गरे ।

इंग्ल्याण्डका डेबिड विल्लीले ३ तथा क्रिश वेक्स र अदिल रसिदले समान २ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?