+
+

इन्टरपोलमा रेड नोटिस जारी भएका बलात्कार आरोपी कतारबाट पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ११ गते १८:५१

११ माघ, काठमाडौं । अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा रेड नोटिस जारी भएका एक जना आरोपी कतारबाट पक्राउ परेका छन् ।

जबरजस्ती करणी मुद्दामा फरार रहेका सुनसरी बराहक्षेत्र नगरपालिका–११, मधुवनका २५ वर्षीय सेहमान खाँ पक्राउ परेका हुन् ।

इन्टरपोलको नेश्नल कन्ट्रोल ब्यूरो (एनसीबी) दोहाको सहयोगमा उनलाई कतारमा पक्राउ गरेर काठमाडौं ल्याइएको नेपाल प्रहरीले जनाएको छ ।

खाँ विरुद्ध जिल्ला प्रहरी कार्यालय सुनसरीमा जबरजस्ती करणी मुद्दा दर्ता भएको थियो । त्योबीचमा उनी वैदेशिक रोजगारका लागि कतार पुगिसकेको खुलेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

नेपाल प्रहरीको अनुरोधमा खाँविरुद्ध इन्टरपोल महासचिवालयबाट २ माघमा रेड नोटिस जारी भएको थियो । यसबारे थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?