+
+

रास्वपाले २१ माघबाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १२ गते १२:२९
नारायणगढ बुटवल सडकमा रास्वपा सभापति रवि लामिछानेले गरेको पदयात्रा । फाइल तस्वीर

१२ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले २१ माघबाट आयोजना केन्द्रित पदयात्रा गर्ने भएको छ । अलपत्र परेका आयोजना निर्माणमा दबाव दिने उद्देश्यले पदयात्रा गर्न लागिएको रास्वपाले जनाएको छ ।

२१ विकास आयोजना, २१ व्यक्ति, २१ गते गरी तिन २१ को संयोजन सहित पदयात्रा प्रारम्भ गर्न लागेको छ ।

२२ माघबाट संसद बैठक बस्ने भएकाले २१ गते सुरुवात गरेर क्रमशः गर्दै जाने सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिइन् । २१ गते एउटा मात्रै आयोजनाका लागि दबाव यात्रा हुने उनले बताइन् ।

यसअघि केन्द्रीय समिति बैठकले २७ आयोजनाको प्रारम्भिक सूची सार्वजनिक गरेको थियो । पार्टीबाट गठित कार्यदलले २१ वटा आयोजनामा टुंगो क्रममा छ । ‘कार्यदलले काम गरिरहेको छ । १/२ एउटा टुंगिन बाँकी छ,’ रास्वपा सांसद एवं कार्यदल सदस्य शिशिर खनालले जानकारी दिए ।

संसद बैठक २२ माघबाट आह्वान भएकाले संसद बैठक नबसेको समय मिलाएर क्रमशः आयोजनामा पदयात्रा गर्ने रास्वपाले तयारी गरेको छ । आयोजना छनोट गर्दा सबै प्रदेशबाट पर्ने गरी चयन गर्न लागि लागिएको छ ।

बागमतीका ४ आयोजना, कर्णालीका २ आयोजना र अन्य प्रदेशमा ३/३ हुने गरी विकास आयोजनामा दबाव यात्रा गर्ने कार्यदलमा प्रारम्भिक सहमति बनेको छ । सांसदलाई दबाव यात्रामा खटाउँदा सकेसम्म आफ्नो जिल्लालाई प्राथमिकतामा राखिने कार्यदलले जनाएको छ ।

केन्द्रीय समितिले आयोजना, दबाब यात्राको मोडालिटी, यात्राका लागि नेता चयन लगायतमा कार्य गर्न कार्यदल बनाएको थियो । उक्त कार्यदलमा सहमहामन्त्री विपिनकुमार आचार्य, सहप्रवक्ता प्रतिभा रावल, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल र नेताहरू श्रीराम न्यौपाने, कृष्ण भेटुवाल र खुश्बु सरकार श्रेष्ठ छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?