+
+

बिहारका मुख्यमन्त्री नीतिश कुमारले दिए राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १४ गते १५:०२

१४ माघ, काठमाडौं । भारत बिहारका मुख्यमन्त्री नीतिश कुमारले राजीनामा दिएका छन् । उनले आज बिहान ११ बजे राज्यपाद राजेन्द्र विश्वनाथ अर्लेकरलाई राजीनामा बुझाएका हुन् । राजीनामा दिएसँगै उनले गठबन्धनबाट अलग हुने घोषणा पनि गरेको बीबीसी हिन्दीले जनाएको छ ।

उनले पत्रकारहरुलाई प्रतिक्रिया दिँदै जनता र पार्टीको राय सुनेर राजीनामा दिएको बताए । आगामी योजनाबारे सोधिएको प्रश्नमा उनले भने, ‘म पहिलेका सहयोगीहरुसँग अलग भएर नयाँ गठबन्धनमा गएको थिएँ । बाँकी दलले साथ दिएमा सोच्ने छु ।’

गत हप्ता नै नीतिश कुमारले राजदबाट गठबन्धन तोडेर फेरि भाजपासँग गठबन्धन गर्ने अनुमान गरिएको थियो ।

नीतिश कुमारले सन् २०२२ को अगष्टमा भाजपाबाट गठबन्धन तोडेर राजदसँग मिलेका थिए ।

राजनीतिमा नीतिश कुमारको यो युटर्न थियो । राजनीतिमा करिब पाँच दशक वितासकेका नीतिश कुमारले आफ्नो सहुलियतका लागि दल र गठबन्धन फेर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?