+
+

माथिल्लो सेती खोला जलविद्युत् आयोजनामा लक्ष्मी सनराइज बैंकले लगानी गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १४ गते १४:४०

१४ माघ, काठमाडौं । लक्ष्मी सनराइज बैंकले माथिल्लो सेती खोला जलविद्युत् आयोजनामा लगानी गर्ने भएको छ ।

बैंकले अपर सेती हाइड्रोसँग कास्कीको सेती नदीमा निमार्ण हुने २० मेगावाट क्षमताको सो आयोजनामा लगानी गर्ने सम्झौता गरेको छ ।

आयोजनाको कुल लागत ४ अर्ब २ करोड रुपैयाँ रहेको छ । यो सहकार्यले नेपालको नवीकरणीय ऊर्जामा महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको बैंकले जनाएको छ ।

अपर सेती हाइड्रोले १७ माघ २०७८ मा विद्युत् विकास विभागबाट आयोजना निर्माणका लागि विद्युत् उत्पादनको अनुमति पत्र लिएको थियो ।

१० असोज २०८० मा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता समेत गरिसकेको छ । कम्पनीको प्रवर्द्धकको रुपमा व्यापारिक घराना केसी ग्रुप रहेको छ ।

उक्त परियोजना निमार्णका लागि लक्ष्मी सनराइज बैंक एक्लैले परियोजना लागतको ७५ प्रतिशत लगानी गर्ने प्रतिवद्धता जनाएको हो । बाँकी २५ प्रतिशत रकम कम्पनीका प्रवर्द्धक/संस्थापकहरुको लगानी रहने छ ।

लक्ष्मी सनराइज बैंकको प्रोजेक्ट फाइनान्स (टर्म लोन) प्रतिबद्धता ३.०२ अर्ब रहेको छ ।

२० मेगावाट क्षमताको आयोजना निमार्ण भएपछि वार्षिक करिब ११३.५१ गिगावाट आवर इनर्जी विद्युत् राष्ट्रिय प्रसारणलाइनमा जडान हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?