+
+

ठूला मान्छेसँग सम्बन्ध छ भन्दै ठगी गरेको आरोपमा १ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १४ गते १९:४७

१३ माघ, काठमाडौं । प्रभावशाली व्यक्तिसँग सम्बन्ध छ भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

सप्तरीको शम्भुनाथ नगरपालिका-२ घर भई बुढानीलकण्ठ नगरपालिका भंगाल बस्ने ४० वर्षका श्रीकान्त राउतलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

आफ्नो विभिन्न राजनीतिक नेतृत्वसंगै देशी विदेशी शक्ति केन्द्रका प्रभावशाली व्यक्तिसँग नजिकको सम्बन्ध रहेको भन्दै उनाले सर्वसाधारणहरुलाई बिभिन्न वहाना बनाई ठगी गर्ने गरेको खुलेको परिसरका सूचना अधिकारी डीएसपी अनिलकुमार अधिकारीले बताए ।

एक जनालाई छोरा केन्द्रीय विद्यालयमा पढाउन मिलाइदिन्छु भन्दै २ लाख रुपैयाँ ठगी गरेको जाहेरी परेपछि पक्राउ गरेर ५ दिन हिरासतमा राख्न अदालतबाट अनुमति लिएको प्रहरीले बताएको छ ।

राउतले विभिन्न व्यक्ति तथा संस्थाहरुलाई चन्दा मिलादिने, जागिर लगाइदिने, छात्रवृत्ति मिलाइदिने भन्दै ठगी गर्न खोजेको पनि खुल्न आएको प्रहरीको नाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?