+
+

ललितपुरमा जर्मन नागरिक मृत भेटिइन्

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १५ गते १२:२३

१५ माघ, काठमाडौं । ललितपुर महानगरपालिका–१६, नागबहालमा एक जना जर्मन नागरिक मृत अवस्थामा फेला परेकी छन् ।

एक वर्षदेखि ग्रिन तारा हेरिटेज होम एण्ड अपार्टमेन्टमा बस्दै आएकी अन्दाजी ५२ वर्षीया महिला सोमबार मृत अवस्थामा फेला परेको ललितपुर प्रहरी प्रमुख एसएसपी शेखर खनालले अनलाइनखबरलाई बताए ।

लडिरहेको अवस्थामा भेटिएको भन्दै खबर गरेपछि प्रहरी टोली त्यहाँ पुगेको थियो । प्रहरीको टोली भर्खरै घटनास्थलमा पुगेर जाँच सुरु गरेको छ ।

मृत्युको कारण खुलिसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?