+
+

‘दयारानी’को ट्रेलर : नि:सन्तान दम्पतीको मर्मस्पर्शी कथा

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १५ गते १६:४१

काठमाडौं । दम्पतीबीच सन्तानको चाहना र यसले सम्बन्धमा ल्याउने उतारचढावको कथा पेश गर्ने फिल्म ‘दयारानी’को ट्रेलर सार्वजनिक भएको छ । गुरुङ समुदायमा रहेको संस्कृतिमा आधारित यो फिल्मलाई माओत्से गुरुङले निर्देशन गरेका हुन् ।

दीया पुन, दयाहाङ राई, विजय बराल, प्रमिस गुरुङ, श्रीषा कुँवर लगायतको अभिनय रहेको यो फिल्म माघ २६ गतेबाट प्रदर्शन हुँदैछ । फिल्ममा दयाहाङ र दीयाले दम्पतीको भूमिका निर्वाह गरेका छन् ।

चिकित्सकले आफूबाट सन्तान उत्पादन गर्न सक्ने क्षमता नभएको बताएपछि दयाहाङ राईको पात्रले यो सत्यलाई लुकाएर यसको दोष पत्नीलाई लगाउँछ । आफूलाई मर्दको रुपमा देखाउन उक्त पुरुष पात्रले आफ्नो कारणले सन्तान उत्पादन गर्न नसक्ने यथार्थलाई स्वीकार्न सक्दैन । बरु ऊ अर्को विवाह गर्न तयार छ ।

सन्तानप्राप्तिको यो रस्साकस्सीमा कसरी महिला प्रताडित हुनुपर्छ भन्ने कथावस्तु यसमा चित्रण छ । सातभन्दा बढी गुरुङ फिल्म निर्देशन गरेका माओत्सेले यो फिल्मबाट नेपाली भाषाको फिल्ममा डेब्यु गरेका छन् ।

बाँसुरी फिल्म्सको प्रस्तुति र माओत्से गुरुङ फिल्म्सको निर्माणमा बनेको यो फिल्ममा लेखक तथा निर्देशक माओत्से स्वयं हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?