+
+

घोकन्ते शिक्षाले बेरोजगारी बढायो : शेखर कोइराला

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १५ गते १७:१७

१५ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालको परम्परागत घोकन्ते शैक्षिक प्रणालीले बेरोजगारी बढाइरहेको बताएका छन् ।

केवल शब्द रटानले मात्रै देश नबन्ने भन्दै नेता कोइरालाले बिकासका लागि प्राविधिक जनशक्ति आवश्यकता रहेको बताएका छन् ।

“अहिलेको समयमा केवल किताबी ज्ञानले मात्रै न व्यक्तिको जीवन चल्छ न देश उन्नतिको बाटोमा जान्छ, जबसम्म राज्यले युवालाई व्यावसायिक शिक्षा दिन सक्दैन र उध्यमशिल बनाउँन सक्दैन तवसम्म देश समृद्धिको बाटोमा जान सक्दैन।’कोइरालाले भने ।

अन्तर्राष्ट्रिय वजारमा बिक्ने व्यावसायिक र प्राविधिक जनशक्ति तयार गर्ने कुरामा राज्य चुकिरहेको कोइरालाले बताए । राम्रो प्राविधिक जनशक्ति तयार गर्दा बैदेशिक रोजगारीमा जानेले पनि राम्रो काम पाउँने र स्वदेशमै बस्नेले पनि राम्रो आय-आर्जन गर्न सक्ने उनको भनाई थियो ।

शैलजा आचार्य स्मृति पोलिटेक्निकको २२औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा मोरङमा आयोजित कार्यक्रममा बोल्दै नेता कोइरालाले कृषि, पशुपालन, पर्यटन, स्वास्थ्यका क्षेत्रका प्राविधिक जनशक्ति उत्पादनमा राज्यले ध्यान दिनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?