 
																			१५ माघ, काठमाडौं । नेत्र विक्रम चन्द्र ‘विप्लव’ निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी विद्यार्थी संगठनले पिपल्स क्याम्पसमा तालाबन्दी गरेको छ ।
६ बुँदे मागसहित अखिल क्रान्तिकारी विद्यार्थी संगठनले क्याम्पस प्रमुख र लेखा शाखामा ताला लगाएका हुन् ।
उनीहरूले विद्यार्थी भर्ना, लाइब्रेरी र परिचयपत्रको नाममा अतिरिक्त शुल्क असुल बन्द गरिनुपर्ने, बीबीए र बीबीएममा इन्टरनेटको व्यवस्था हुनु पर्ने, विधान विपरीत कर्मचारी नियुक्ति खारेज हुनुपर्ने लगायतका माग गरेका छन् ।
विद्यार्थीहरूले यसअघि मंसिर २७ गते क्याम्पसको शैक्षिक र भौति संरचना सुधारसहित विद्यार्थीको हकहितका लागि भन्दै ९ बुँदै ज्ञापनपत्र क्याम्पस प्रशासनलाई बुझाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4