+
+

विरुवा गाउँपालिकाको लोगो सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १६ गते १२:१४

१६ माघ, स्याङ्जा । स्याङ्जाको विरुवा गाउँपालिकाले गाउँपालिकाको प्रतीक चिह्न (लोगो) सार्वजनिक गरेको छ । पालिकाको पहिचान झल्कने गरी तयार पारिएको लोगो १४ औं गाउँसभाको अवसर पारेर पालिका अध्यक्ष सूर्य कुँवरले सोमबार सार्वजनिक गरे ।

लोगोको माथिल्लो भागमा गाउँपालिकाको नाम छ । तल्लो भागमा राखिएको रिवनमा गाउँपालिकाको ठेगाना छ । ठेगानाको रिवनसँग जोडेर दुवैतर्फ धान र गहुँका बाला छन् ।

अब यो लोगो प्रयोगमा ल्याइने छ । ‘अब हरेक कार्यक्रम, ब्यानर र सबैतिर लोगो प्रयोगमा आउने छ,’ गाउँपालिका अध्यक्ष सूर्य कुँवरले भने । अब गाउँ सभा सदस्यहरुले पनि लोगो लाउनेछन् । यसअघि लोगो नभएका कारण गाउँ सभा सदस्यहरु लोगोविनै सभामा सहभागी हुने गरेका थिए ।

विरुवा गाउँपालिका वडा नं ५ निवासी जीवन वाग्लेले लोगो तयार पारेका हुन् । गाउँसभामा वाग्लेलाई नगदसहित सम्मान समेत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?