+
+

पहिलो अक्षरा अन्तरविद्यालय बास्केटबल कप सुरु

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १६ गते १७:२६

१६ माघ, काठमाडौं । पहिलो अक्षरा अन्तर विद्यालय बास्केटबल कप–२०८० सुरु भएको छ । शहीद दिवसको अवसर पारी मंगलबार काठमाडौँको काँडाघारीस्थित अक्षरा स्कुलको खेल मैदानबाट अन्तर विद्यालय बास्केटबल कप सुरू भएको हो ।

उद्घाटन कार्यक्रममा संस्थापक निर्देशक भट्टराईले विद्यार्थीको सर्वाङ्गीण विकासको थलो भएकाले उनीहरूको बौद्धिक विकासका साथै शारीरिक विकासका लागि पनि पहल गर्नु हरेक अभिभावक, शिक्षक तथा शिक्षालयहरूको भूमिका रहेको बताइन्।

त्यस्तै प्राचार्य मिलन केसी लोपचनले विद्यार्थीलाई पढाइ वा किताबी ज्ञानमा मात्र सीमित नराखी अतिरिक्त क्रियाकलापमा जोडेर शारीरिक तन्दुरुस्तीका लागि खेलकुदमा सहभागी गराउनु पर्नेमा जोड दिइन् ।

उद्घाटन कार्यक्रममा प्रमुख अतिथि डा.राजु अधिकारीले खेलकुद मानसिक विकास र एकाग्रताका लागि सर्वोत्तम माध्यम भएको धारणा राखे । बास्केटबल प्रतियोगिता २४ माघसम्म हुने अतिरिक्त क्रियाकलाप संयोजक किरण कट्‌वालले जानकारी दिए ।

उनका अनुसार उपत्यकास्थित काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका विभिन्न विद्यालयका विद्यार्थी सहभागी प्रतियोगितामा सिनियर छात्रातर्फ १६ र छात्रतर्फ पनि १६ वटै समूह रहेका छन् भने जुनियरतर्फ छात्रछात्रा गरी १२ वटा समूह रहेको छन्।

खेलको पहिलो दिन सिनियर छात्रातर्फ २ वटा र छात्रतर्फ तीनवटा समूहबीच प्रतिस्पर्धा भएको थियो । नकाउट चरणबाट भएका खेलमा छात्रतर्फ भ्याली पब्लिक, काञ्जिरोवा र शिक्षालय स्कुल क्वार्टर फाइनलमा पुगेका छन् ।

त्यस्तै, छात्रातर्फ भने भ्याली पब्लिक र शिक्षालय क्वार्टर फाइनलमा पुगेका छन् ।

उपत्यकास्थित काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका विभिन्न विद्यालयका विद्यार्थी सहभागी प्रतियोगितामा सिनियर छात्रातर्फ १६ र छात्रतर्फ पनि १६ वटै समूह रहेका छन् भने जुनियरतर्फ छात्रछात्रा गरी १२ वटा समूह रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?