+
+

सेयर बजार २०६७ मा झर्‍यो, १९ कम्पनीको मूल्य बढ्दा २२६ को घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १८ गते १५:१८

१८ माघ, काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारमा उच्च गिरावट देखिएको छ । कारोबार खुलेदेखि नै बजारको परिसूचक नेप्से एकोहोरो ओरालो लाग्यो । बजार बन्द हुँदा अघिल्लो दिनको तुलनामा ३०.९२ अंक (१.४७ प्रतिशत)ले बजार झरेको छ ।

जम्मा १९ कम्पनीको मूल्य बढ्यो भने २२६ कम्पनीको घटेको छ । एउटा कम्पनीको भने स्थिर रह्यो । सो अंकको गिरावटपछि नेप्से २०६७ अंकमा कायम भएको छ । कुल ४ अर्ब १८ करोडको कारोबार भयो । कारोबार रकम अघिल्लो दिनको तुलनामा कम हो । अघिल्लो दिन ५ अर्ब २९ करोडको कारोबार भएको थियो ।

फाइनान्स बाहेकका सबै समूह घटेका छन् । सो समूह ०.२१ प्रतिशतमा हरियो रह्यो । हाइड्रोपावर समूह सबैभन्दा धेरै २.३ प्रतिशत घट्यो । बैंकिङ १४, विकास बैंक ५२, होटल तथा पर्यटन ४२, हाइड्रोपावर ६२, जीवन बीमा १३६, उत्पादन ७८, माइक्रोफाइनान्स ५४, निर्जीवन बीमा १२५, अन्य ३६ र ब्यापार ०.४७ अंक घटे ।

समाज लघुवित्तको मूल्य सबैभन्दा धेरै ६.१ प्रतिशत बढ्यो । रावा इनर्जीको ३.८, दोल्ती पावरको २.९ प्रतिशत मूल्य बढ्यो । सामलिङ पावरको ९.४, मिडसोलु हाइड्रोको ६.८, मोलुङ हाइड्रोपावरको ६.४, थ्रीस्टार हाइड्रोको ६.१ र पिपुल्स हाइड्रोपावरको ५.८ प्रतिशतले मूल्य घट्यो ।

कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, ङादी पावर, नेपाल पुनर्बीमा कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर कम्पनी र अरुणकाबेली पावर क्रमशः अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?