+
+

अमूल्य राष्ट्रिय कलाश्री सम्मान यादव खरेललाई, सन्तोषलाई पद्मनेत्र

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १८ गते १७:१२

१८ माघ, काठमाडौं । नेपाली कलासाहित्य डट कमले ६ जना साहित्यकार एवं पत्रकारलाई सम्मान गरेको छ ।

कलासाहित्य डट कमद्वारा विहीबार काठमाडौंमा आयोजित ‘राष्ट्रिय कलाश्री सम्मान’ समारोहमा ‘अमूल्य राष्ट्रिय कलाश्री सम्मान’ वरिष्ठ गीतकार, चलचित्र निर्देशक तथा साहित्यकार यादव खरेललाई प्रदान गरिएको हो ।

त्यसैगरी, एक लाख रुपैयाँ राशिको ‘राष्ट्रिय कलाश्री पुरस्कार’ बाट वरिष्ठ कथाकार भागीरथी श्रेष्ठलाई, ७५ हजार रुपैयाँ राशिको ‘स–सिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार’ कवि कृसु क्षेत्रीलाई र ६० हजार रुपैयाँ राशिको ‘थिरछाया राष्ट्रिय कलाश्री ललितकला पुरस्कार’ चित्रकार सम्झना राजभण्डारीलाई प्रदान गरिएको छ ।

‘बद्री राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार’ साहित्यपोस्ट अनलाइनका प्रधान सम्पादक पत्रकार अश्विनी कोइरालालाई र ‘पद्मनेत्र राष्ट्रिय कलाश्री सङ्गीत पुरस्कार’ सङ्गीतकार तथा गायक सन्तोष श्रेष्ठलाई प्रदान गरिएको छ । यी दुवै पुरस्कारका राशि समान ५० हजार रुपैयाँका छन् ।

समारोहका प्रमुख अतिथि विशिष्ट कलासाधक किरण मानन्धरले पुरस्कृतलाई शुभकामना एवं बधाई दिँदै कला र साहित्यलाई जोड्ने भूमिकाको प्रशंसा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?