+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

वीपीवाद निर्माण अभियान सुरु

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २१ गते १०:२७

२१ माघ, जनकपुरधाम । वीपी कोइराला सोसलिष्ट इन्टरनेशनल नेपालले वीपी कोइरालाको वीपीवाद निर्माणको लागि सातवटै प्रदेशमा अभियान सुरु गरेको छ ।

कांग्रेसमा ओझेलमा पर्दै गएको वीपीको समाजवाद, विचार, अवधारणा पुनरजागरणका लागि वीपी कोइराला सोसलिष्ट इन्टरनेशनल नेपालले अभियान थालेको हो ।

शनिबार जनकपुरमा भएको संस्थाको भेलाले अगामी २९ गते जनकपुरमा मधेश प्रदेशस्तरीय वर्तमान सन्दर्भमा वीपी र समाजवाद विषयको कार्यक्रमको आयोजन गर्ने तय गरेको छ ।

जसमा प्रमुख अतिथिको रुपमा कांग्रेसका नेता शेखर कोइराला सहभागी हुने संस्थाकी केन्द्रीय अध्यक्षसमेत रहेकी कोशी प्रदेशकी प्रदेश सांसद इन्दिरा थापाले जानकारी दिइन् ।

अभियानका संस्थाको मधेश प्रदेश अध्यक्षमा संविधानसभा सदस्य लक्ष्मण रायलाई चयन गरेको छ । यस्तै ९ वटा कार्यक्रम तयारी समितिहरु समेत गठन गरेको छ ।

भोला पंजियारको संयोजकत्वमा ३१ सदस्यीय मूल समिति, संजिव यादवको नेतृत्वमा प्रचारप्रसार समिति, सुरेस कोइरालाको नेतृत्वमा मंच व्यवस्थापन तथा मिथिला साँस्कृतिक कार्यक्रम समिति गठन गरेको छ ।

यस्तै यातायात व्यवस्थापन समितिको संयोजकमा प्रमेस पोख्रेल, व्यवस्थापन समिति संयोजकमा नवीन गोहिवर यादव, स्वागत समितिको संयोजकमा मधेश प्रदेश सभा सदस्य जिबछ यादव, स्वयंसेवक परिचालन समितिको संयोजकमा पुष्पेन्द्र गोइत, आर्थिक समितिमा प्रतिनिधि सभा सदस्य तेजुलाला चौधरीलाई संयोजक चयन गरिएको वीपीवाद निर्माण गर्नका लागि सातै प्रदेशमा यस्तो कार्यक्रमा संचालन गर्न लागेको र ती सबै कार्यक्रमको प्रमुख अतिथि वरिष्ठ नेता कोइराला रहनुहुने उनले बताइन् ।

वीपीवाद निर्माणका लागि कांग्रेस जितेको केही पालिकामा वीपीको समाजवाद अनुसार बजेट विनियोजन गरी परीक्षण गरिने नेता विजयकुमार मिश्रले बताए । त्यसबाट आउने प्रतिफलको राम्रो पक्षलाई उजागर गर्ने उनको भनाइ छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?