+
+

सरकारको समीक्षा गर्न जनमत पार्टीको सचिवालय बैठक जारी

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २१ गते ११:४६

२१ माघ, काठमाडौं । सत्ता साझेदार दल जनमत पार्टीको सचिवालय बैठक जारी छ ।

केन्द्रीय कार्यालय मध्य नयाँबानेश्वरमा जारी बैठकमा समसामयिक राजनीतिबारे छलफल भइरहेको प्रवक्ता शरदसिंह यादवले जानकारी दिए । उनका अनुसार बैठकमा सरकारको समीक्षा भइरहेको छ ।

सीके राउत नेतृत्वको जनमत पार्टी एक मन्त्रालयसहित केन्द्र सरकारमा सहभागी छ । यसअघि मधेश प्रदेश सरकार पनि रहेको जनमत पार्टीले सरकार छाड्दै समर्थन पनि फिर्ता लिएको थियो ।

गठबन्धनमा रहँदै सरकारमा पनि सहभागी भएको जनमत पार्टी सरकारविरुद्धकै गतिविधिमा संलग्न हुने गरेको छ । यसअघि सरकारले निषेधाज्ञा घोषणा गरेको माइतीघर मण्डलामा १६ पुसमा आयोजित प्रदर्शनमा सहभागी जनमत पार्टीका अध्यक्ष सीके राउत, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीलगायतलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ नेपाल पुलिस क्लबमा पुगेर उनीहरुलाई छुटाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?