+
+

धनगढीमा एक किलो चरेशसहित एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २१ गते १५:१४

२१ माघ, धनगढी । धनगढीमा लागुऔषध चरेशसहित एक जनालाई पक्राउ गरिएको छ ।

धनगढीको ट्राफिक चौराहबाट सुदूरपश्चिम प्रदेश अनुुसन्धान समूह(आरआइटी) को टोलीले लागुऔषध चरेशसहित बझाङको बित्थडचिर गाउँपालिका–२ का ४० वर्षीय धनबहादुर बोहरालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीकाअनुसार बोहराको साथबाट एक किलो ४२ ग्राम चरेश बरामद गरिएको छ ।

विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बोहराले सुपप्र ०४००१ प १४६७ नम्बरको मोटरसाइकलमा काटुनमा लुकाएर लगिरहेको अवस्थामा चरेशसहित पक्राउ परेका हुन् ।

बोहरालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?