+
+

सोना अमात्यले ल्याइन् ‘आई एम द सुपरस्टार’

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २२ गते १८:५४

काठमाडौं । गायिका सोना अमात्यले र्‍यापर गिरीश खतिवडा र बुलेट फ्लोसँग सहकार्यमा ‘आई एम द सुपरस्टार’ गीत ल्याएकी छन् । गीतमा सुरजविक्रम थापा (बुलेट फ्लो) र गिरिश खतिवडाको शब्द तथा संगीत छ ।

भारतीय भिडियो निर्देशक विशालले निर्देशन गरेको गीतको भिडियोमा सबैमा जन्मजात सुपरस्टारको सपना हुने कथा प्रस्तुत गरिएको छ । भिडियोमा सोना, गिरीश र बुलेट फ्लो फिचर्ड छन् ।

आलोक शुक्लाले खिचेको भिडियोलाई विशाल खारतले नै सम्पादन गरेका हुन् । भिडियोको पोस्ट प्रोडक्सन मुम्बईको भीसी स्टुडियोमा गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?